BIZMANDU
www.bizmandu.com

ल्याण्डिङ गियर मर्मतमा मलेसिया पठाइएको नेवानिको वाइडबडी भदौमा नेपाल फर्किँदै

२०७८ साउन ३२

ल्याण्डिङ गियर मर्मतमा मलेसिया पठाइएको नेवानिको वाइडबडी भदौमा नेपाल फर्किँदै
ल्याण्डिङ गियर मर्मतमा मलेसिया पठाइएको नेवानिको वाइडबडी भदौमा नेपाल फर्किँदै

काठमाडौं। ल्याण्डिङ गियर बिग्रिएर मर्मत सम्भारका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज 'मकालु' भदौ पहिलो साता नेपाल फर्किने भएको छ।

Tata
GBIME
Nepal Life

मर्मतको काम पूरा भएलगत्तै भदौ ६ गते काठमाडौं ल्याउने तयारी रहेको निगमले जनाएको छ। उक्त जहाज एओजी (एयरक्राफ्ट अण्डर ग्राउण्ड) अनुसार मर्मत सम्भार गर्नुपरेको भए करिब एक अर्ब रुपैयाँ खर्च हुने निगमको अनुमान थियो। तर निगमले त्यसभन्दा फरक विधिबाट मर्मत गर्न पठाएको हो।

अहिले गर्न लागिएको मर्मत सम्भारका लागि पनि सम्बन्धित कम्पनीले सुरुमा ४५ करोड रुपैयाँको माग गरे पनि पछि ३० करोड रुपैयाँमा ल्याण्डिङ गियर मर्मत र पार्ट्स फेर्ने सम्झौता भएको निगमले जनाएको छ।

गत जनवरी ८ मा मापदण्डविपरीत हेभी ल्याण्डिङ गरिएपछि जहाजको ल्याण्डिङ गियरमा समस्या आएको थियो। उक्त घटनाको नेवानिमा छानबिन पनि भएको थियो।

हाल निगमले दुई न्यारोबडी र एउटा वाइडबडी जहाजमार्फत दुबई, दिल्ली, मलेसिया र कतार लगायत अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ। निगमले छिटै जापान र हङकङमा पनि पुनः नियमित उडानन थाल्ने योजना बनाएको छ।