काठमाडौं। लघुवित्त वित्तीय संस्थाहरुलाई पनि राष्ट्र बैंकले ऋणपत्र जारी गर्न दिने भएको छ। आज सवा चार बजे चालु वर्षको मौद्रिक नीति जारी गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले लघुवित्तलाई ऋणपत्र जारी गर्ने बाटो खुला गर्न लागेको हो।
लघुवित्तले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतबराबर ऋणपत्र जारी गर्न पाउने छन्। अहिले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई मात्र ऋणपत्र जारी गर्ने सुविधा छ। उनीहरुलाई त अनिवार्यसमेत गरिएको छ।
काठमाडौंबाहिरका प्रादेशिक वित्तीय संस्थाहरुले काठमाडौंमा सम्पर्क कार्यालय खोल्न पाउने भएका छन्।
अहिले जुन क्षेत्र हो त्यही मात्र कार्यालय खोल्ने व्यवस्था छ। सम्पर्क कार्यालयले व्यवसायिक काम भने गर्न पाउँदैन। यस बारेमा राष्ट्र बैंकले छुट्टै निर्देशन जारी गर्नेछ।
यसैगरी, घरजग्गा ऋणमा राष्ट्र बैंकले पुरानै नीतिलाई निरन्तरता दिने भएको छ।