BIZMANDU
www.bizmandu.com

कुमारी बैंकको नाफा ७२.७४ प्रतिशतले बढ्यो, स्प्रेड दर घटाउँदासमेत खुद ब्याज आम्दानीमा सुधार

२०७८ साउन २८

काठमाडौं। कुमारी बैंकले खुद नाफा ७२.७४ प्रतिशतले बढाएको छ। बैंकले बिहीबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २ अर्ब ११ लाख रुपैयाँ भएको जनाएको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो आर्थिक बर्ष बैंकको नाफा एक अर्ब १५ करोड ८५ लाख रुपैयाँ थियो। खराब ऋण घटाउँदै ब्याज आमम्दानी बढाएर बैंकले उच्च नाफा गरेको हो। बैंकको खुद बयाज आम्दानी साढे ४६ प्रतिशतले बढेको छ।

गत बर्ष बैंकले ऋण बिस्तार करिव २५ प्रतिशतले गरेको छ भने निक्षेप संकलन साढे २७ प्रतिशतले गरेको छ। बैंकले स्प्रेड दर ४.०७ बाट झारेर ३.१३ प्रतिशतमा काम गरेको छ। न्यूनतम स्प्रेडमा काम गर्दासमेत बैंकले नाफा बढाउन सफल भएको हो।

बैंकसँग सर्वसाधारणको निक्षेप १ खर्ब ४८ अर्ब रुपैयाँ छ भने ऋण एक खर्ब ३७ अर्ब रुपैयाँ छ। बैंकले सेयर बिक्री गरेर पनि आम्दानीमा सुधार गरेको छ। यद्यपी प्रोभिजनिङ भने बढेको छ।

आधार दर १०.०८ प्रतिशतबाट ७.९ प्रतिशतमा झारेको बैंकङ्को प्रति सेयर आम्दानी बढेको छ। बैंकको प्रति सेयर आम्दानी १४.४२ रुपैयाँ पुगेको छ।