काठमाडौं। महालक्ष्मी बैंक र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता भएको छ। सोमबार भएको सम्झौता पछि बैंकका ग्राहकहरुले अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउने भएका छन्।
सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ओपिडी टिकट, ल्याव सेवा, एक्स–रे, भिडियो एक्स–रे, इसिजी तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट पाउने बताइएको छ। साथै बेड चार्जमा पाँच प्रतिशत छुट पाउने बैंकले जनाएको छ।
सम्झौतामा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन्।
बैंकले देशका १०३ वटा शाखाहरुबाट सेवा दिँदै आएको छ। कोभिड–१९ जोखिम न्यूनीकरण गर्न सकभर डिजिटल बैंकिङ प्रयोग गर्न बैंकले अपिल गरेको छ।