BIZMANDU
www.bizmandu.com

दुर्घटनामा ज्यान गुमाएका खातावालका परिवारलाई मेगा बैंकको रकम हस्तान्तरण, ७ लाख पाए

२०७८ साउन १४

Tata
GBIME

काठमाडौं। मेगा बैंकले दुर्घटनामा परी ज्यान गुमाउने ग्राहकका परिवारलाई बीमा बापत सात लाख रुपैयाँ दिएको छ।

बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजना अनुसार बीमा बापतको रकम दिएको बैंकले जनाएको छ।

मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले ग्राहक हिमालयकी श्रीमती ममिता गुरुङलाई बीमाबापतको  सात लाख रुपैयाँ दिएका हुन्।

संखुवासभा घर भएका गुरुङको गत मंसिर १ गते काठमाडौंको बालाजुमा भएको दुर्घटनामा निधन भएको थियो ।

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बीमा गरिदिएको बैंकले जनाएको छ।

ग्राहक र उनका परिवारलाई भैपरी आउने घटनाबाट सहायता मिलोस् भनेर बैंकले ग्राहकहरुलाई ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’  योजना ल्याएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए।