BIZMANDU
www.bizmandu.com

जीवन विकास लघुवित्तको साधारण सेयरलाई दोस्रो बजार कारोबारका लागि ९१५ रुपैयाँ सम्म ओपनिङ रेन्ज

२०७८ साउन १३

Tata
GBIME
Nepal Life

काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयरलाई दोस्रो बजारमा कारोबारका लागि नेप्सेले ९१५ रुपैयाँ सम्म ओपनिङ रेन्ज दिएको छ।

कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गर्न ३०५.२७ रुपैयाँ देखि ९१५.८१ रुपैयाँ सम्म मूल्य तोकिएको नेप्सेले जनाएको छ।

बुधबार कम्पनीको ६० लाख ८४ हजार कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ। बिहिबारबाट कम्पनीको सेयर खरिद बिक्रि गर्न पाइने छ।

कम्पनीले गत असारमा कर्मचारी, म्युचुअल फण्ड र सर्वासधारणका लागि १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर जारी गरेको थियो।

पछिल्लो समय आएका आइपीओ मध्ये महिला लघुवित्त पछि जीवन विकास लघुवित्तको ओपनिङ रेन्ज सबैभन्दा धेरै हो।

दोस्रो बजारमा प्रतिकित्ता झण्डै ६ हजार (५७४९) रुपैयाँ मूल्य पुगेको महिलाको ओपनिङ रेन्ज ९३९ रुपैयाँ सम्म तोकिएको थियो।

अहिले पनि महिला लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ५ हजार रुपैयाँ भन्दा बढी रहेको छ।