BIZMANDU
www.bizmandu.com

तीन स्टार्टअपलाई उद्योग मन्त्रालयले गर्‍यो ‘इन्नोभेटिभ इन्डस्ट्रिज अवार्ड ०७७’ बाट सम्मान

२०७८ साउन १३

तीन स्टार्टअपलाई उद्योग मन्त्रालयले गर्‍यो ‘इन्नोभेटिभ इन्डस्ट्रिज अवार्ड ०७७’ बाट सम्मान
तीन स्टार्टअपलाई उद्योग मन्त्रालयले गर्‍यो ‘इन्नोभेटिभ इन्डस्ट्रिज अवार्ड ०७७’ बाट सम्मान

काठमाडौं। उद्योग मन्त्रालयले तीनवटा स्टार्टअप उद्यमीहरुलाई सम्मान गरेको छ। मन्त्रालयले लिफ प्लस प्रालि (काठमाडौं), नेपाल्ज ह्यान्डीक्राफ्ट इण्डष्ट्रिज (ललितपुर), र अनुग्रह ह्यान्डीक्राफ्ट (ललितपुर) लाई सम्मान गरेको हो ।

Tata
GBIME
Nepal Life

मन्त्रालयका तर्फबाट उद्योग सचिव अर्जुन पोखरेलले उद्योगीहरुलाई इन्नोभेटिभ इन्डस्ट्रिज अवार्ड २०७७ बाट सम्मान गरेका हुन्।

लिफ प्लस प्रालिले खेर गइरहेका सुपारीका पातबाट विभिन्न आकारमा नयाँ प्लेटहरुको उत्पादन गर्दै आएको छ। यस कम्पनीले उत्पादनहरु जर्मनी, नेदरल्याण्ड र अष्ट्रेलियामा निर्यात गर्दै आएको छ।

नेपाल्ज ह्यान्डीक्राफ्ट इण्डष्ट्रिजले अनस्याचुरेटेड पोलिष्टरलाई मूर्तिमा धातुको जलप लगाएर नयाँ बनाई बिक्री गर्दै आएको छ। अनुग्रह ह्यान्डीक्राफ्टले ढाकाका नयाँ डिजाइनका हातबुना कलात्मक साडी, कुर्ता, सल, टोपी, ब्याग, रुमाल लगायतका सामग्रीहरु उत्पादन गर्दै आएको छ ।सम्मान कार्यक्रममा बोल्दै सचिव पोखरेलले मन्त्रालयले नवप्रवर्तनका क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा सम्मान र प्रोत्साहन गर्ने कार्यमा मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गर्दै आगामी दिनमा पनि उद्योगीहरुलाई थप सम्मानित र पुरस्कृत गर्दै लगिने बताए।