BIZMANDU
www.bizmandu.com

सेयर बजार पहिलोपटक ३१०० विन्दुमाथि, सर्वाधिक मूल्य बढ्ने र कारोबार हुनेमा जलविद्युतको वर्चस्व

२०७८ साउन १३

सेयर बजार पहिलोपटक ३१०० विन्दुमाथि, सर्वाधिक मूल्य बढ्ने र कारोबार हुनेमा जलविद्युतको वर्चस्व
सेयर बजार पहिलोपटक ३१०० विन्दुमाथि, सर्वाधिक मूल्य बढ्ने र कारोबार हुनेमा जलविद्युतको वर्चस्व


काठमाडौं। नेपाली सेयर बजारकाे इतिहासमै बजार सूचक नेप्से पहिलोपटक ३१०० विन्दुमाथि पुगेको छ। बुधबार सुरुवाती समयमै बजारले ३११३ विन्दुसम्मको उचाई लिएको हो

Tata
GBIME
Nepal Life

आज नियमित कारोबार सत्रको पहिलो करिब एक घण्टामै पौने चार अर्ब रुपैयाँको धितोपत्र किनबेच समेत भइसकेको छ।

जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत, फाइनान्स र माइक्रो फाइनान्स समूहका सेयरहरुको मूल्यमा ठूलो वृद्धि भएको छ। यद्यपि, अरु सबै समूह हरियो हुँदा बैंकिङ र म्युचुअल फण्ड समूह मात्रै रातो देखिएको छ।

नेपाल पुनर्बीमा कम्पनीबाहेक सर्वाधिक कारोबार हुने कम्पनीमा जलविद्युत कम्पनीहरु अग्रस्थानमा देखिएका छन्। युनाइटेड मोदी, नेशनल हाइड्रोपावर, सानिमा माइ र सिनर्जी पावर सर्वाधिक कारोबार हुने कम्पनीको अग्रस्थानमा छन्।

सर्वाधिक मूल्य बढ्ने कम्पनीको सूचीमा पनि मल्टिप्रपोज फाइनान्सबाहेक अरु सबै जलविद्युत कम्पनीहरु नै अगाडि रहेका छन्।
यो समाचार तयार पार्दासम्म बजार ३१ अंकले बढेको छ । यस्तै, २०९ कम्पनीको कारोबार हुँदा ३१ कम्पनीको सेयर मूल्य घटेको छ। १४५ कम्पनीको सेयर मूल्य बढेको छ।