BIZMANDU
www.bizmandu.com

प्रोभिजनिङ थप्नुअघि राष्ट्र बैंकको हिसाब: ८ अर्बजति भार पर्छ, त्यति हुँदा पनि नाफा ७६ अर्ब पुग्छ

२०७८ साउन १३

प्रोभिजनिङ थप्नुअघि राष्ट्र बैंकको हिसाब: ८ अर्बजति भार पर्छ, त्यति हुँदा पनि नाफा ७६ अर्ब पुग्छ
प्रोभिजनिङ थप्नुअघि राष्ट्र बैंकको हिसाब: ८ अर्बजति भार पर्छ, त्यति हुँदा पनि नाफा ७६ अर्ब पुग्छ

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले असल ऋणमै प्रोभिजनिङ बढाइदिएपछि बैंक तथा वित्तीय संस्थाको नाफा घट्ने देखिएको छ।

यसले लाभांश क्षमतामै ३० प्रतिशत गिरावट आउने बैंकरको अनुमान छ। राष्ट्र बैंकले वित्तीय स्थायित्वका लागि भनेर ल्याएको नीतिप्रति अधिकांश बैंकर असन्तुष्ट छन्।

तर, राष्ट्र बैंकले भने यसलाई हिसाबकिताबसहित लिइएको नीति भनेको छ।

हिसाबकिताबमा संलग्न एक अधिकारीका अनुसार, बैंकहरुको असल ऋणमा एक प्रतिशतको प्रोभिजनिङ १.३ प्रतिशत पुर्‍याउँदा थप भार ११ अर्ब निस्कन्छ। तर आवधिक १० र वर्किङ क्यापिटल २० प्रतिशत अतिरिक्त ऋण अधिकांश समस्यामा गएका छन्। त्यसलाई २५ देखि १०० प्रतिशतसम्म प्रोभिजनिङ गर्नुपर्ने हुन्थ्यो। 

यसलाई ५ प्रतिशत मात्र गर्दा बैंकहरुको प्रोभिजनिङ यहाँनेर बचत हुने छ। यस्तो ऋण २४ अर्ब रुपैयाँ गएको छ। यद्यपि १५ गतेसम्म सबै विवरण आइसक्ने छ। राष्ट्र बैंकका अनुसार, करिब ८ अर्ब रुपैयाँ भार थपिने छ। 

यसले गर्दा बैंकहरुको यसपाली खुद नाफा ७६ अर्ब रुपैयाँ हुने छ। उच्च स्रोतको दाबी अनुसार, यो नाफा राष्ट्र बैंकको मापदण्ड अनुसार वितरण  गर्न मिल्छ। चैतमा बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गरेका थिए।

'लाभांश ८ अर्ब जतिले घट्छ होला। एउटा शीर्षकमा प्रोभिजनिङ बढ्ने देखिए पनि अर्कोमा घट्ने देखिन्छ,' स्रोतको तर्क छ, 'त्यसैले असर ठूलो हुँदैन।'