BIZMANDU
www.bizmandu.com

चिरायु अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सुरु, टिकट काट्न लाइन लाग्नु नपर्ने, इसेवाबाट भुक्तानी

२०७८ साउन १२

चिरायु अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सुरु, टिकट काट्न लाइन लाग्नु नपर्ने, इसेवाबाट भुक्तानी
चिरायु अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सुरु, टिकट काट्न लाइन लाग्नु नपर्ने, इसेवाबाट भुक्तानी


काठमाडौं।  चिरायु अस्पतालले इ-सेवा र कोजेन्ट हेल्थ मार्फत अनलाइनबाट अपोइन्टमेन्ट सेवा सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लाटफर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरू गरेको जनाएको छ। 

कोभिड महामारीको अवस्थामा बिरामी सेवा सहजतालाई मध्यनजर गर्दै चिरायुमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने कम्पनीले जनाएको छ।  

अस्पतालका अनुसार अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवा चुस्त बनाउनका साथै र बिरामीको सन्तुष्टी बढ्ने छ।   

बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र इसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेको जनाइएको छ ।