BIZMANDU
www.bizmandu.com

नबिल बैंकमा ऋण लिन अनलाइनबाटै आवेदन दिन मिल्ने, साना तथा मझौला ऋणीलाई लक्षित

२०७८ साउन १२

नबिल बैंकमा ऋण लिन अनलाइनबाटै आवेदन दिन मिल्ने, साना तथा मझौला ऋणीलाई लक्षित
नबिल बैंकमा ऋण लिन अनलाइनबाटै आवेदन दिन मिल्ने, साना तथा मझौला ऋणीलाई लक्षित

Tata
GBIME

काठमाडौं। नबिल बैंकले ऋणका लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने सेवा संचालनमा ल्याएको छ।

इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गएर साना तथा मझौला ऋणका लागि आवेदन दिन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्यले गरिएको विज्ञप्तिमा छ।

ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सीमित ग्राहकलाई सेवा शुल्कमा छुटको व्यवस्था गरेको जनाएको छ।