BIZMANDU
www.bizmandu.com

लघुवित्त संस्थाहरुलाई २० प्रतिशतभन्दा बढी लाभांश बाँड्न निरुत्साहन, बाँडे आधा पैसा जगेडामा

२०७८ साउन ११

लघुवित्त संस्थाहरुलाई २० प्रतिशतभन्दा बढी लाभांश बाँड्न निरुत्साहन, बाँडे आधा पैसा जगेडामा
लघुवित्त संस्थाहरुलाई २० प्रतिशतभन्दा बढी लाभांश बाँड्न निरुत्साहन, बाँडे आधा पैसा जगेडामा

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले 'घ' वर्गको लघुवित्त संस्थाहरुको लाभांशमा थप कडाइ गरेको छ। राष्ट्र बैंकले सोमबार नयाँ निर्देशिका जारी गर्दै लाभांशमा कडाइ गरेको हो।

राष्ट्र बैंकले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न निरुत्साहित गरेको छ। नगद र बोनससहित २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न निरुत्साहित गरेको हो।

यदि कसैले २० प्रतिशतभन्दा बढी लाभांश दिन चाहेमा त्योभन्दा बढी लाभांशको आधा जगेडा कोषमा राख्नु पर्नेछ।

अर्थात कसैले २० भन्दा बढेर ३० प्रतिशत लाभांश दिने घोषणा गर्‍यो। अब उसले १० प्रतिशत लाभांश वितरण गर्न मानौं २ करोड रुपैयाँ चाहिने रहेछ भने एक करोड जगेडा कोषमा राख्नु पर्छ। अनि मात्र उसले ३० प्रतिशत दिन पाउँछ। 

जगेडा कोषमा लगिएको पैसा फेरि आगामी वर्ष लाभांश बाँड्न पाइन्छ कि पाइँदैन भनेर निर्देशन मौन छ।