BIZMANDU
www.bizmandu.com

ब्याज आम्दानी लेखांकनमा ४५ दिन कटौती, भदौ १५ सम्म मात्र असारमा देखाउन मिल्ने

२०७८ साउन ११

ब्याज आम्दानी लेखांकनमा ४५ दिन कटौती, भदौ १५ सम्म मात्र असारमा देखाउन मिल्ने
ब्याज आम्दानी लेखांकनमा ४५ दिन कटौती, भदौ १५ सम्म मात्र असारमा देखाउन मिल्ने

Tata
GBIME

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याज आम्दानी देखाउन पाइने समय पोहोरभन्दा घटाइदिएको छ।

पोहोर कोभिडलाई देखाएर असोजसम्मको ब्याज आम्दानीलाई असारको वासलातमा देखाउन पाइने व्यवस्था थियो। यसलाई सोमबार संशोधन गर्दै ४५ दिन घटाइदिएको जनाएको छ।

अब भदौ १५ गतेसम्म प्राप्त भएको ब्याजलाई असार मसान्तको आम्दानीमा लेखांकन गर्न पाइने भएको छ। 

कोभिड अगाडि १५ दिन अर्थात साउन १५ सम्मको ब्याजलाई असारकोमा देखाउन पाइने व्यवस्था थियो। पोहोर कोभिडका कारण तीन महिना पछाडिको ब्याजलाई पनि असारकोमा देखाउन पाइने व्यवस्था गरिएको थियो।

राष्ट्र बैंकले वित्तीय विवरण छाप्ने समय बढाइदिएको छ। त्रैमास सकिएको १५ दिनभित्र प्रकाशन गर्नु पर्नेमा राष्ट्र बैंकले २०७८ साउन मसान्तसम्म समय दिएको छ।