BIZMANDU
www.bizmandu.com

प्रभु क्यापिटलमा डिम्याट खाता खोल्न रेफर गरे एक वर्षको नविकरण पनि फ्री, साउनभर फ्री डिम्याट

२०७८ साउन ११

प्रभु क्यापिटलमा डिम्याट खाता खोल्न रेफर गरे एक वर्षको नविकरण पनि फ्री, साउनभर फ्री डिम्याट
प्रभु क्यापिटलमा डिम्याट खाता खोल्न रेफर गरे एक वर्षको नविकरण पनि फ्री, साउनभर फ्री डिम्याट

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु क्यापिटलमा डिम्याट खाता खोल्न रेफर गर्नेले पनि एक वर्षको नविकरण शुल्क छुट पाउने भएका छन्।

क्यापिटलले ल्याएको समर डिम्याट स्किममा प्रभु क्यापिटलमा खाता भएका वा अहिले खाता खोल्न लागेका कुनैपनि ग्राहकले आफ्नो परिवार र साथीभाइलाई गरि १० जनालाई रेफर गरेमा एक वर्षको नविकरण शुल्क छुट पाउने छन्।

क्यापिटलको समर डिम्याट स्किम साउन १० गते देखि महिनाभर रहने छ। यो स्किममा खाता खोल्दा कुनै पनि शुल्क लाग्दैन।

यो स्किमले कुनै ग्राहकले निशुल्क खाता खोलेर आफ्नो परिवार र साथिभाइ गरेर थप १० जनाको खाता खोल्न रेफर गरेमा खाता धनीले दुई वर्ष सम्म कुनैपनि शुल्क तिर्नुपर्ने छैन।

अन्य समयमा डिम्याट खाता खोल्दा डिम्याट र मेरो सेयर लगइन सहित २०० रुपैयाँ र एक वर्षपछि नविकरण गर्दा १५० रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ।  

यो स्किममा सहभागिताको लागि प्रभु क्यापिटल, प्रभु बैंकका शाखाहरु र अनलाइन माध्यमबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।