BIZMANDU
www.bizmandu.com

स्कोडाको कुशक नेपालमा बिहीबार सार्वजनिक हुँदै, मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि सुरु

२०७८ साउन ११

स्कोडाको कुशक नेपालमा बिहीबार सार्वजनिक हुँदै, मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि सुरु
स्कोडाको कुशक नेपालमा बिहीबार सार्वजनिक हुँदै, मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि सुरु


Tata
GBIME
Nepal Life

काठमाडौं। एसयुभी सेग्मेन्टका गाडीहरुमा नयाँ नयाँ मोडल भित्र्याउन चलेको प्रतिष्पर्धामा स्कोडाको 'कुशक' पनि थपिएको छ।

स्कोडाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले एसयुभी सेगमेन्टको बहुप्रतिक्षित 'कुशक' बिहीबार सार्वजनिक गर्दै बिक्री वितरण खुला गर्ने तयारी गरेको छ। यसका लागि कुशकको पहिलो लट भित्र्याएर कम्पनीले आइतबार काठमाडौंका सडकमा टेस्ट ड्राइभ गरिसकेको छ।  

अग्रिम बुकिङ खुला गरेसँगै कम्पनीले बिक्री मूल्य भने सार्वजनिक गरिसकेको छ। कम्पनीका बजार प्रमुख विराज श्रेष्ठले ५० वटा गाडीका लागि अग्रिम बुकिङ भइसकेको जानकारी दिए।

संसारभर सवारी बिक्रीको सञ्जाल बनाएको स्कोडा अटो चेक रिपब्लिकको १२५ वर्ष पुरानो कम्पनी हो। यसले गर्ने उत्पादन युरोप, दक्षिण अमेरिका, मध्यपूर्व र एसियाली देशका प्रमुख सहरहरुमा उपलब्ध छ। दक्षिण एसियाली बजारका लागि स्कोडाको सवारी कारखाना भारतमा पनि आइसकेको छ। 

सार्वजनिक गरेसँगै ग्राहकलाई गाडी उपलब्ध हुनेछन्। युरोपेली गाडी निर्माता स्कोडाले लामो समयको अध्ययनपछि एसयुभी सेग्मेन्टमा कुशक डिजाइन गरेको  कम्पनीका आफ्टर सेल्स कन्सल्ट्यान्ट विश्वास शर्माले बताए।

जुनसुकै भौगोलिक संरचनामा पनि कुशकमा सुरक्षित र आरामदायी यात्रा गर्न सकिने उनको भनाइ छ। कम्पनीले केही समय अगाडिमात्र कुशकलाई ह्वाइट गुम्बा र शिवपुरी क्षेत्रमा परीक्षणका लागि गुडाइएको जनाएको छ।

'यो गाडीमा भएको टर्क पावरले अरु एसयुभीमा जस्तो गियर परिवर्तन गरिरहनुपर्दैन। एक हजार सीसी इन्जिन भए पनि यो गाडीको क्षमता १६ सय सीसी इन्जिनको भन्दा राम्रो पर्फर्मेन्स छ। एसयुभी सेगमेन्टमा रहेका विभिन्न कम्पनीको गाडीभन्दा यो धेरै सुरक्षित र अत्याधुनिक प्रविधिसहितको छ,'  शर्माले बिजमाण्डूसँग भने।

फ्रन्ट व्हिल ड्राइभ अन्तर्गत ६ स्पीड ट्रान्समिसन रहेको गाडीमा १७८ एनएम 'नुटन मिटर' मार्फत १७५० देखि ४५०० आरपीएम 'रिभोलुसन पर  मिनेट' टर्क उत्पन्न गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ। गाडीको इन्जिन सानो भए पनि जडान गरिएको पावर टर्कका कारण इन्धनमा किफायती रहेको जनाइएको छ। पछिल्लो समय धमाधम विभिन्न कम्पनीका नयाँ एसयुभी भित्रिए पनि 'कुशक'  मा जडान गरिएको प्रविधिका कारण व्यवसाय त्यति चुनौतीपूर्ण नरहने दाबी शर्माको छ। 

'कुशकमा यात्रु लक्षित आरामदायी संरचना, सुरक्षा, अत्याधुनिक प्रविधि लगायत सबै विशेषता समावेश गरिएको छ। स्कोडाले आफ्नो फिलोसोफी अनुसार सवारी प्रयोगकर्ताको हरेक आवश्यकता र चाहनालाई मध्यनजर गर्दै गाडी उत्पादन गर्दै आएको छ,' उनले भने, 'गाडीमा चालक तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै १५ वटा सुरक्षा विशेषता समावेश गरेको छ।'

कम्पनीका अनुसार कुशकको बजार मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ।