BIZMANDU
www.bizmandu.com

पब-जी टिम डीआरएस गेमिङ मिड इभेन्टमा आठौं, युनिसेफलाई च्यारिटीमा दियो ६५ लाख रुपैयाँ

२०७८ साउन ११

पब-जी टिम डीआरएस गेमिङ मिड इभेन्टमा आठौं, युनिसेफलाई च्यारिटीमा दियो ६५ लाख रुपैयाँ
पब-जी टिम डीआरएस गेमिङ मिड इभेन्टमा आठौं, युनिसेफलाई च्यारिटीमा दियो ६५ लाख रुपैयाँ

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाली पब-जी टिम डीआरएस गेमिङले ५४ हजार पाँच सय अमेरिकी डलर (झण्डै ६५ लाख रुपैयाँ) संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) लाई सहयोग गरेको छ।

पुल प्राइजबापत डीआरएसले पाँच हजार अमेरिकी डलर (करिब ६ लाख रुपैयाँ) अतिरिक्त पाएको छ।

२२ देखि २५ जुलाइसम्म आयोजना भएको पब-जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लू आइ) २०२१ को मिड सिजन इभेन्टमा डीआरएस गेमिंङले आठौं स्थान हासिल गरेको छ।

प्रतियोगिताको च्यारिटी पुल प्राइज कुल ३० लाख अमेरिकी डलर (३५ करोड ७३ लाख २३ हजार सात सय रुपैयाँ) को हो। सहभागी टिमहरुलाई पूर्वीय र पश्चिम गरी दुई भागमा विभाजन गरिएको छ। पूर्वीय डिभिजनमा नेपाली पब-जी टिम डीआरएस गेमिङ थियो। दुवै डिभिजनमा १६/१६ गरी ३२ टोलिले प्रतिस्पर्धा गरेका थिए। 

एउटा डिभिजनमा रहेका हरेक १६ वटा टिमहरुलाई समान रुपमा ८० हजार अमेरिकी डलर (९५ लाख रुपैयाँ) बाँडिएको छ।

अतिरिक्त १५ लाख अमेरिकी डलर (१७ करोड ८७ लाख रुपैयाँ) च्यारिटीमा खर्चिने आयोजकले जनाएको छ। सोही च्यारिटी अनुसार डीआरएस गेमिङले ६५ लाख रुपैयाँ पाएको छ।