BIZMANDU
www.bizmandu.com

लक्ष्मी उन्नति कोष र फण्डको न्याभ घट्यो, फण्डको ११% लगानी निफ्रामा, यस्तो छ लगानी

२०७८ साउन ११

लक्ष्मी उन्नति कोष र फण्डको न्याभ घट्यो, फण्डको ११% लगानी निफ्रामा, यस्तो छ लगानी
लक्ष्मी उन्नति कोष र फण्डको न्याभ घट्यो, फण्डको ११% लगानी निफ्रामा, यस्तो छ लगानी


Tata
GBIME
Nepal Life

काठमाडौं। लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले असारको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सोमबा सार्वजनिक विवरण अनुसार, कोषको प्रति इकाइ खुद मूल्य १४ रुपैयाँ ९२ पैसा छ भने फण्डको १५ रुपैयाँ ८१ पैसा छ।

फण्ड र कोष दुवैको न्याभ पछिल्लो महिनाभन्दा घटेको छ। फण्ड १६.१३ रुपैयाँसम्म पुगेको थियो भने कोष १५.२५ रुपैयाँसम्म पुगेको थियो।

विवरण अनुसार, कोषले कुल लगानीको ५६ प्रतिशत वाणिज्य बैंकहरुको सेयरमा लगानी गरेको छ। यसपछि ठूलो हिस्सा लगानी लघुवित्तमा छ। यसमा १४ प्रतिशत हाराहारी लगानी छ। यसपछि निर्जीवन बीमामा लगानी छ। 

वाणिज्य बैंकहरुमा पनि ठूलो लगानी नेपाल बैंक, सानिमा बैंक र कृषि विकास बैंकमा छ। लघुवित्ततर्फ निर्धन उत्थान, छिमेक र आरएमडीसीमा लगानी छ। निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्स, एनएलजी र प्रिमियर इन्स्योरेन्समा लगानी छ।

इक्विटी फण्डले भने ३९ प्रतिशत हाराहारी वाणिज्य बैंकमा, १४ प्रतिशत हाराहारी लघुवित्तमा, साढे  ११ प्रतिशत निफ्रामा लगानी छ।

वाणिज्य बैंकतर्फ नबिल, ग्लोबल आइएमइ र एभरेष्ट बैंकमा ठूलो लगानी छ।

लघुवित्ततर्फ छिमेक, ग्रामीण विकास लघुवित्त, निर्धन उत्थानमा लगानी छ।