BIZMANDU
www.bizmandu.com

फुडमाण्डू र इसेवाबीच सम्झौता, फुडमाण्डूमा इसेवामार्फत पहिलो अर्डरमा २०% छुट

२०७८ साउन १०

फुडमाण्डू र इसेवाबीच सम्झौता, फुडमाण्डूमा इसेवामार्फत पहिलो अर्डरमा २०% छुट
फुडमाण्डू र इसेवाबीच सम्झौता, फुडमाण्डूमा इसेवामार्फत पहिलो अर्डरमा २०% छुट


Tata
GBIME
Nepal Life

काठमाडौं। अनलाइन फुड डेलिभरी प्लाटफर्म फुडमाण्डू र मोबाइल वालेट कम्पनी इसेवाबीच सम्झौता भएको छ। समझदारीसँगै फुडमाण्डू प्रयोगकर्ताहरुले मोबाइल वालेट इसेवामार्फत् अर्डरको भुक्तानी गर्न सक्ने छन्। 

फुडमाण्डूबाट हुने अर्डरमध्ये ३० प्रतिशत भुक्तानी विद्युतीय माध्यमबाट हुने गरेको फुडमाण्डूका मार्केटिङ म्यानेजर श्यामरत्न मालीले बताए। ठूलो नेटवर्क भएको इसेवालाई फुडमाण्डूसँग जोड्न पाउँदा विद्युतीय भुक्तानी अझ बढ्ने अपेक्षा गरिएको छ। 

इसेवाका बिजनेस डेभलपमेन्ट प्रमुख अशिष प्रसाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीहरुलाई घरबाटै भुक्तानी गर्न सहज हुने बताएका छन्। कोरोना महामारीमा उपभोक्ताहरुले घरबाटै विभिन्न अर्डरहरुको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा फुडमाण्डुसँग इसेवा जोडिन पाउँदा खुशी लागेका बताए। 

फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा तीन सय रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ।