BIZMANDU
www.bizmandu.com

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिने, संक्रमण बढेपछि केही क्षेत्रमा कडाई गर्ने तयारी

२०६८ साउन ९

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिने, संक्रमण बढेपछि केही क्षेत्रमा कडाई गर्ने तयारी
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिने, संक्रमण बढेपछि केही क्षेत्रमा कडाई गर्ने तयारी

Tata
GBIME
Nepal Life

काठमाडौं। पछिल्लो पटक १० दिनको लागि थप गरिएको काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैंछ।

कोरोना संक्रमण फेरी बढ्न थालेपछि स्थानीय प्रशासन कार्यालयले निषेधाज्ञा थप गर्ने भएको छ। निषेधाज्ञा थप गर्न आज काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैंछ।

'बैठक बोलाइएको छ। सम्भवतः निषेधाज्ञा थप गर्ने तयारी गरिरहेका छौँ,' काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

काठमाडौं उपत्यकाभित्र पछिल्लो समय दैनिक ३ सयसम्म झरेको कोरोना संक्रमितिको सङ्ख्या अहिले बढेर ७ सय नाघेको छ। सार्वजनिक सवारी, पसल लगायतका क्षेत्र खुल्ला गर्दा पुनः कोरोना संक्रमण बढेको सम्बन्धित निकायका विज्ञहरूले सिडिओलाई जानकारी दिएका छन्। त्यसैले निषेधाज्ञा थप केही क्षेत्रलाई कडाइ गरेर लैजाने भन्ने विषयमा पनि छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए।

होटेल तथा रेष्टुरेष्टमा टेकअवे सेवा दिन भनेपछि त्यस्तो नभएकाले यस क्षेत्रलाई थप कडाइका साथ अनुगमन गर्ने भन्ने विषयमा तयारी भइरहेको छ।

शनिवारबाट लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न खुल्ला गरिएको छ। देशभर दोस्रो लहरको कोरोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी छ।