BIZMANDU
www.bizmandu.com

कोभिड-१९का कारण यात्रुवाहक नियमित उडान नगरेपनि कार्गोमा जोड दिँदै क्याथे प्यासिफिक

२०७८ साउन ६

कोभिड-१९का कारण यात्रुवाहक नियमित उडान नगरेपनि कार्गोमा जोड दिँदै क्याथे प्यासिफिक
कोभिड-१९का कारण यात्रुवाहक नियमित उडान नगरेपनि कार्गोमा जोड दिँदै क्याथे प्यासिफिक


काठमाडौं। कोभिड-१९का कारण यात्रुवाहक उडान नगरेपनि हङकङको जायन्ट वायुसेवा कम्पनी क्याथे प्यासिफिक ड्रागनले नेपालतर्फ अत्यावश्यक स्वास्थ्य सामाग्री ढुवानीलाई जोड दिएको छ।

Tata
GBIME
Nepal Life

गत मे महिनादेखि नियमित यात्रु उडान बन्द भएपछि कम्पनीले साताको एक दिन शुक्रबार कार्गो उडान गर्दै आएको नेपालका लागि आधिकारीक जेनरल सेल्स एजेन्ट अमरावती ट्राभलले जनाएको छ। आउँदो अगस्टदेखि कम्पनीले नियमित उडान सुरु गर्न पर्यटन मन्त्रालयसँग समन्वय गर्दै आएको कम्पनीका सिइओ जुगेश श्रेष्ठले बताए।   

हङकङ सरकारले कोभिडका कारण नेपालतर्फको नियमित उडानमा रोक लगाएपनि विषम परिस्थितीमा मेडिकल सामाग्रीको पहुँच पुर्‍याउन कार्गो उडान गर्दै आएको जनाएको छ। कम्पनीले कार्गो उडान मार्फत गत जुलाई १५ तारिखमा अतिरिक्त उडानमार्फत युएसएडले अनुदानममा दिएको पाँच लाख थान आरटिडी परीक्षण सामाग्री ल्याइसकेको छ।

कम्पनीले हङकङ इन्चियोनदेखि काठमाडौं उडान गरेको थियो। 'यो महामारीका कारण नेपाली जनताहरु परीक्षणबाट बन्चित भएका छन्। एक दशक  अगाडिदेखि नियमित उडान गर्दै आएको वायुसेवा कम्पनीको नाताले हामी स्वास्थ्य सामाग्री ढुवानी गर्न हरदम तयार छौँ,' नेपालका लागि कम्पनीका विक्री प्रमुख जुनु मलेकुले भनिन्,'यस्तो विषम परिस्थितीमा अनुदानमा दिइएको मेडिकल सामाग्री ढुवानी गर्ने अवसर दिएकोमा युएसएड प्रति हामी आभारी छौँ।'

 क्याथे प्यासिफिक एयरले कोभिड-१९ का कारण आफ्नो तीनवटा ब्राण्ड  मध्ये एउटा  ब्राण्ड 'क्याथे ड्रागन' बन्द गरिसकेको छ। हवाई सेवा व्यवसायमा आएको असहज परिस्थितिका कारण व्यवस्थापन यस्तो निर्णयमा पुगेको कम्पनीले जनाएको छ।