BIZMANDU
www.bizmandu.com

उद्योगी विनोद चौधरीको आक्रामक भाषण ‘विदेशीले लगानी गर्न विचौलिया खोज्नु नपरोस्’

२०७८ साउन ६

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभामा उद्योगी बिनोद चौधरीले आक्रामक राजनीतिक भाषण गरेका छन्। उनले फेरी देश प्रजातान्त्रिक पक्षधरको हातमा पुगेको बताए।

उनले नेपालमा लगानी गर्ने विदेशीले दलाल खोज्न पर्ने अवस्था अन्त्य हुनुपर्ने बताए।

उनले के भने ? 

२०४६ सालमा नेपाली काँग्रेसले गरेको लाइसेन्स र टिप्पणीतन्त्रको अन्त्य हुँदा अहिले नेपाली अर्थतन्त्र यसैमा अडिएको छ। २५ वर्षमा देखिएको राजनितिक अस्थिरता हरेक वर्ष बदलिने सरकारले नेपाली अर्थतन्त्रलाई अघि बढ्न दिएन।

१२ वर्षको द्वन्द्व झेल्नु पर्यो। यसैको दौरानमा कोभिडको महामारी झेलिरहेका छौं। भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गरेको विश्वासको मतसँगै दोस्रो चरणको आर्थिक सुधारलाई अघि बढाउने अपेक्षा राखेका छौं।

उहाँले (प्रधानमन्त्री) हाम्रो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भनिसक्नु भएको छ।  हामीलाई चाहिने साढे पाँच करोड खोपमध्ये डेढ करोड खोप खरिद गर्ने कुरा संसदमा तात्कालिन सरकारको प्रवक्ताले संसदमा भनिसकेका छन्। जसमध्ये ६८ लाख खोप आएको छ। खोपको विषयमा अहिले चीन, अमेरिका भारत जस्ता देशसँगै नेपाल जटिल प्रतिस्पर्धा गरिरहेका छन्।

यसलाई चिर्दै प्रत्येक नेपालीलाई यहि वर्षको अन्त्यसम्म खोप दिलाउँछ भन्ने कुरामा हामी विश्वस्त छौं। २०४८ मा ६ वटा नयाँ क्षेत्रहरुको पहिचान गर्यो। अहिले त्यो क्षेत्रलाई प्राथमिकता दिन सकेको भए मुलुकको आर्थिक अवस्थामा धेरै सुधार भइसक्थ्यो।

दक्षिण एसियाको सबैभन्दा आकर्षक लगानी योग्य देश रहेको कुरालाई वाहिर ल्याउन जरुरी छ। यो प्रजातान्त्रिक देशको सुन्दरता हो। अहिलेका अर्थमन्त्री जनार्दन शर्मा जसले देशको १६ घण्टाको लोडसेडिङलाई चिरेर उज्यालोमा ल्याउनु भएको योद्धा हुनुहुन्छ। उहाँका पालामा विश्वका उत्कृष्ट स्वास्थ्य र शिक्षालय यहाँ आउन सकुन्। हामीले पर्यटनमा धेरै मेहनत गर्नै पर्दैन्।

भारत र चीनका ५० लाख मानिसलाई नेपाल भ्रमण गराउने लक्ष्य लिए वार्षिक ४ लाख रोजगारको क्षेत्रमा आउने जनशक्तिलाई व्यवस्थापन गर्न सक्छौ। हाम्रो जनशक्ति खाडी देश वा भारत पस्नुको कुनै विकल्प छैन। यस्ता युवालाई स्वदेशमै गरिखान दिनुपर्छ। 

परिसंघले चलाएको अभियान घर घरको अभियान हो। यो सरकारको अभियान बन्न सकोस् । नेपाल एउटा खुला र  उदार पारदर्शी युगमा प्रवेश गर्दैछ। यो देशमा विदेशीले उद्योग धन्दा सञ्चालन गर्न बिचौलियाको आवश्यक छैन।