BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा ७ सयको गिरावट, प्रतितोला ९२ हजार ५ सय, चाँदीमा तोलामा अझै २० रुपैयाँ सस्तियो  

२०७८ साउन ६

सुनको मूल्यमा ७ सयको गिरावट, प्रतितोला ९२ हजार ५ सय, चाँदीमा तोलामा अझै २० रुपैयाँ सस्तियो  
सुनको मूल्यमा ७ सयको गिरावट, प्रतितोला ९२ हजार ५ सय, चाँदीमा तोलामा अझै २० रुपैयाँ सस्तियो  

Tata
GBIME

काठमाडौं। सुनको मूल्यमा ७ सय रुपैयाँको गिरावट आएको छ। बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ भएको छ। 

आइतबार र सोमबार घटे पनि मंगलबार बढेर प्रतितोला ९३ हजार २ सय पुगेको थियो। सोमबारका तुलनामा मंगलबार ४ सय रुपैयाँ बढेको थियो। अन्तर्राष्ट्रिय बजारमा गिरावट आउँदा चाँदीसँगै सुनको मूल्यमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

क्रमिक घटिरहेको चाँदीको कारोबार मूल्यमा बुधबार पनि सुधार आएन। मंगलबारका तुलनामा २० रूपैयाँ घट्दै प्रतितोला १२ सय ६० रुपैयाँ भएको छ। 

१० रुपैयाँ घट्दा मंगलबार चाँदी प्रतितोला १२ सय ८० थियो भने सोमबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८०८.०४ मा कारोबार भइरहेको छ। यसअघि मंगलबार पनि सुन प्रतिऔंस १८१५.०६ डलरमा कारोबार भएको थियो।  आइतबार प्रतिऔंस १८१२.३६ र सोमबार १८१४.७६ डलर थियो। 

निरन्तर गिरावट आएको चाँदीको बुधबार झन् घटेर कारोबार हुँदै प्रतिऔंस २४.९१ डलर भएको छ। मंगलबार प्रतिऔंस २५.१२ डलरमा कारोबार भएको थियो। यसअघि आइतबार प्रतिऔंस २५.६७  र सोमबार २५.५४ डलरमा कारोबार भएको थियो।