BIZMANDU
www.bizmandu.com

निफ्राले सर्वसाधारणलाई ७.२५ प्रतिशतसम्म ब्याज दिने, कम्तिमा करोड राख्न पर्ने, ऋणको निर्धारण

२०७८ साउन ६

Tata
GBIME

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आजबाट लागू हुने गरी निक्षेप र ऋणको ब्याज निर्धारण गरेको छ। बैंकले बल्कमा निक्षेप उठाएर परियोजनाहरुमा लगानी गर्न पाउँछ।

२० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकले कम्तिमा ५ वर्षका लागि निक्षेपको ब्याज दर निर्धारण गरेको छ। ५ देखि १० वर्ष अवधिका लागि बैंकले संस्थागतलाई साढे ६ प्रतिशत ब्याज दिने छ। सर्वसाधारणलाई ७.२५ प्रतिशत ब्याज दिने छ। 

१० वर्षभन्दा माथि निक्षेप राखेमा सर्वसाधाणले ७.२५ प्रतिशत नै ब्याज पाउने छन्। संस्थागतले भने ६.६ प्रतिशत ब्याज पाउने छन्।

संस्थागतले कम्तिमा ५ करोड निक्षेप राख्नु पर्नेछ भने सर्वसाधारणले एक करोड रुपैयाँ राख्नु पर्नेछ। 

बैंकले परियोजनाका लागि ब्याज निर्धारण गरेको छ। नौं प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याज दर निर्धारण गरेको छ।