BIZMANDU
www.bizmandu.com

मल्पी कलेजका विद्यार्थीले आईएमई पेमा इन्टर्नसीप पाउने, वालेट कम्पनी र कलेजबीच सम्झौता

२०७८ साउन ५

मल्पी कलेजका विद्यार्थीले आईएमई पेमा इन्टर्नसीप पाउने, वालेट कम्पनी र कलेजबीच सम्झौता
मल्पी कलेजका विद्यार्थीले आईएमई पेमा इन्टर्नसीप पाउने, वालेट कम्पनी र कलेजबीच सम्झौता

Tata
GBIME
Nepal Life

काठमाडौं। मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीले मोबाइल वालेट सर्भिस प्रदायक कम्पनी आईएमई पेमा इन्टर्नसीप गर्न पाउने भएका छन्। 

आईएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच यसका लागि  समझदारी भएको छ। समझदारी अनुसार आईएमई पे मल्पी इन्टरनेशनल कलेजको

डिजिटल पेमेन्ट पार्टनर हुनुका साथै त्यहाँ अध्ययनरत विद्यार्थीहरूले आईएमई पेमा इन्टर्नसीपको अवसर पाउने भएका हुन्।

सेन्टर फर क्यारियर गाइडेन्स एण्ड प्लेसमेन्टको पहलमा समझदारी भएको बताइएको छ। समझदारीले नयाँ/नयाँ रोजगारी अवसरहरू सिर्जना हुनुका साथै युवा पुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा खपत हुने विश्वास दुवै संस्थाको छ।

उक्त समझदारीपछि अन्य कलेजहरुसँग पनि यस्तै समझदारीका लागि छलफल गर्दै जाने आईएमई पेको योजना छ।