BIZMANDU
www.bizmandu.com

इ-कमर्स कम्पनी ग्यापु पनि जोडियो बगबाउन्टीमा, त्रुटि भेटे रिसर्चरलाई साढे २३ हजारसम्म रिवार्ड

२०७८ साउन ५

Tata
GBIME
Nepal Life

काठमाडौं। इ-कमर्स कम्पनी ग्यापुले आफ्नो सफ्टवेयर तथा साइबर त्रुटि पत्ता लगाउन आह्वान गरेको छ। साइनिकल टेक्नोलोजीले ग्यापुको प्रणालीको सुरक्षामा कुनै त्रुटि वा समस्या भेटिए रिसर्चरहरुलाई प्रतिकमजोरी १० देखि २०० अमेरिकी डलरसम्म भुक्तानी गर्ने जनाएको छ।

साइनिकल टेक्नोलोजीले गत पुसमा पहिलोपटक साइबर सुरक्षामा काम गर्ने गरी 'बगबाउन्टी' सुरुआत गरेका थिए। बगबाउन्टीमार्फत् विभिन्न कम्पनीको सिस्टम तथा सफ्टवेयरको जोखिम पत्ता लगाउन सक्ने प्रणाली नेपाली युवाहरुले नै विकास गरेका हुन्। 

जोखिम पत्ता लगाएवापत रिसर्चरहरुले रिवार्डसमेत प्राप्त गर्नसक्ने साइनिकल टेक्नोलोजीका संस्थापक एवम् सीइओ नरेश लाम्गादेले बताएका छन्। 

कम्पनीले साइबर सुरक्षाको आवश्यकता पर्ने सरकारी निकाय, विभिन्न निजी तथा सार्वजनिक संघ-संस्थालाई आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ। जसबाट बग-भीमा रहेका ह्याकरहरुमार्फत् आफ्नो सिस्टममा हुनसक्ने सुरक्षा खतरा वा जोखिम पहिचान गराउन सक्नेछन्। 

हाल 'बग' फेला परेको अवस्थामा सम्बन्धित कम्पनी तथा प्लेटफर्मसँग कम्युनिकेसन गर्ने उपयुक्त माध्यम नहुँदा डेटा ब्रिच तथा लिकका घटना दोहोरिरहेका छन्। यस्ता घटनाहरु न्यूनीकरणमा सहयोगी बन्ने लक्ष्यसहित कम्पनी स्थापना गरिएको थियो।

ग्यापुसँगै मोबाइल वालेट कम्पनी डी-पैसाका साथै मेरो जब, थुप्रै, रोजगारीलगायतका कम्पनीहरुले आफ्नो डिजिटल प्लाटफममा रहेका कमजोरी पत्ता लगाउन यसअघि नै बग बाउन्टीमा जोडिसकेका छन्।