BIZMANDU
www.bizmandu.com

सातापछि सेयर बजारमा सामान्य करेक्सन, चार अर्बले घट्यो कारोबार पनि

२०७८ साउन ५

सातापछि सेयर बजारमा सामान्य करेक्सन, चार अर्बले घट्यो कारोबार पनि
सातापछि सेयर बजारमा सामान्य करेक्सन, चार अर्बले घट्यो कारोबार पनि

Tata
GBIME
Nepal Life

काठमाडौं। २५ दिनपछि तीन हजार विन्दुनजिक पुगेको सेयर बजारमा मंगलबार भने सामान्य करेक्सन आएको छ। 

सोमबार सेयर बजार सूचक नेप्सेले ३०३३ विन्दुसम्मको उचाई छोएर २९९५ नजिक पुगेर बन्द भएको थियो। त्यससँगै जेठ ३१ को ऐतिहासिक उचाइलाई पनि उछिन्ने विश्लेषक तथा लगानीकर्ताहरुको आकलनकै बीच आज भने ९ अंकले बजार ओरालो लागेको हो। यससँगै नेप्से २९८५.५७ विन्दुमा अडिएको छ।

सूचक मात्र ९ अंकले घट्दा कारोबार रकम भने एकैदिन ३३ प्रतिशतभन्दा धेरै (करिब चार अर्ब रुपैयाँ) ले घट्दै सात अर्ब ९० करोड हाराहारीमा रहेको छ। यस क्रममा २१९ कम्पनीहरुको कुल तीन करोड १६ लाख आठ हजार १९३ कित्ता धितोपत्र किनबेच भएको छ।

कारोबार भएकामध्ये १११ कम्पनीको सेयरका लगानीकर्ताले आज गुमाएका छन्। ६७ कम्पनीका लगानीकर्ताको खुद सम्पत्ति बढेको छ। पाँचवटाको स्थिर रहेको छ। 

पछिल्ला केही दिनयता चर्चामा रहेर बढिरहेका धेरैजसो कम्पनीको सेयर मूल्य आज घटेको छ, जसमा नबिल, एनआइसी एसिया लगायतका बैंक पनि रहेका छन्। सामुहिक लगानी कोषबाहेक वरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। 

आजैबाट शतप्रतिशत हकप्रद सेयर जारी गरेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) को सेयर मूल्य करिब तीन प्रतिशतले घटेर ४४२ रुपैयाँ प्रतिकित्तामा आएको छ। यसबाहेक नेपाल इन्स्योरेन्स, पोखरा फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, गुर्खाज् फाइनान्स लगायत धेरैले सेयर मूल्य घट्नेमा अगाडि छन्।