BIZMANDU
www.bizmandu.com

टेलिकमले ल्यायो समर अफर, ५५ रुपैयाँमा प्रतिदिन २ जीबी डेटा, भीओएलटीइको सुविधा यथावत

२०७८ साउन ५

टेलिकमले ल्यायो समर अफर, ५५ रुपैयाँमा प्रतिदिन २ जीबी डेटा, भीओएलटीइको सुविधा यथावत
टेलिकमले ल्यायो समर अफर, ५५ रुपैयाँमा प्रतिदिन २ जीबी डेटा, भीओएलटीइको सुविधा यथावत

Tata
GBIME
Nepal Life

काठमाडौं। मोबाइलमा डेटाबाट इन्टरनेट प्रयोगकर्ताको बढ्दो संख्यालाई ध्यानमा राख्दै नेपाल टेलिकमले विभिन्न प्याकेजसहितका योजनालाई परिमार्जन गरी समर अफर ल्याएको छ।

कम्पनीले यसअघिदेखि नै उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिएको हो। नयाँ सुविधा अन्तर्गत प्रतिदिन ५५ रुपैयाँमा २ जीबी डेटा प्रयोग गर्न सकिने छ।

टेलिकमले लकडाउन अफरका रूपमा उपलब्ध प्रतिदिन बिहान ५ देखि साँझ ५ बजेसम्म ३९ रुपैयाँमा उपलब्ध हुने १ एमबीपीएस डे टाइम अनलिमिटेड अफरलाई निरन्तरता दिएको छ। लकडाउन अफर अन्तर्गतको 'बोनस अन रिचार्ज' अफरलाई भने टेलिकमले हटाएको छ।

त्यसैगरी, टेलिकमले संचालनमा ल्याएको भीओएलटीई सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि एकपटकका लागि उपलब्ध हुने १०० मिनेट निःशुल्क भ्वाइस कल सुविधालाई यथावत राखेको छ। उक्त सुविधा २८ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ। 

टेलिकमले उपलब्ध गराइरहेको कर्पोरेट युजर ग्रुप (सीयुजी) अफरलाई पनि थप परिष्कृत गरेको छ। कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको प्रिपेडतर्फ २०० र पोष्टपेडतर्फ ५०० रुपैयाँको प्याकेजमा उपलब्ध हुने डेटा भोल्युम थपेको छ। 

अब प्रिपेडमा २०० रुपैयाँको प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने १ जीबी डेटा पाइने जनाइएको छ। 

त्यसैगरी सीयूजी ५०० पोस्टपेड अन्तर्गत पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने ५ जीबी डेटा रहेको टेलिकमले जनाएको छ।

टेलिकमका ग्राहकहरुले *१४१५# डायल गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्ने छन्।