BIZMANDU
www.bizmandu.com

भिभोको भी-२१ स्मार्टफोन नेपाली बजारमा, मूल्य ४९ हजार ९९९ रुपैयाँ, कस्ता छन् फीचर?

२०७८ साउन ५

भिभोको भी-२१ स्मार्टफोन नेपाली बजारमा, मूल्य ४९ हजार ९९९ रुपैयाँ, कस्ता छन् फीचर?
भिभोको भी-२१ स्मार्टफोन नेपाली बजारमा, मूल्य ४९ हजार ९९९ रुपैयाँ, कस्ता छन् फीचर?

Tata
GBIME
Nepal Life

काठमाडौं। चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले भी २१ स्मार्टफोन मंगलबाजदेखि नेपाली बजार भित्र्याएको छ। भी २१ भिभो कम्पनीले उत्पादन गर्दै आएको भी सिरिज अन्तर्गतको स्मार्टफोन हो।  

फोनमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआइएस) भएको फ्रन्ट क्यामेरा जडान गरिएको कम्पनीले जनाएको छ। भी २१ मा ४४ मेगापिक्सेल ओआइएस नाइट सेल्फी प्रविधिसहितको फ्रन्ट क्यामेरा छ। जसका कारण कम उज्ज्यालोमा पनि राम्रो फोटो निकाल्ने दाबी कम्पनीको छ। साथै, उक्त क्यामेराले वाइड एङ्गल र म्याक्रो फोटोग्राफी रुचाउनेका लागि सहज हुने बताइएको छ। 

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले आफ्ना ग्राहकहरुको चाहना पूरा गर्नेगरी भी २१ बजारमा ल्याएको बताए। 

भी २१ मा दोहोरो भिडियो खिच्न सकिने बताइएको छ। भी २१ ७.२९ एमएम अल्ट्रा स्लीम डिजाइनमा रहेको कम्पनीले जनाएको छ।

स्मार्टफोन एमटीके डाइमेन्सिटी ८०० यु प्रोसेसर रहेको छ। ९० हर्जको डिस्प्ले रिफ्रेस रेट छ भने भी २१ मा ३३ वाटको फ्ल्यास चार्ज उपलब्ध छ। भी २१ को मूल्य कम्पनीले ४९ हजार ९९९ रुपैयाँ तोकेको छ।