BIZMANDU
www.bizmandu.com

नेपाल एसबीआइ बैंकको व्यापार सुक्न थाल्यो, एनआइसी अगाडि, ग्लोबल र नबिल पनि रफ्तारमा

२०७८ साउन ४

नेपाल एसबीआइ बैंकको व्यापार सुक्न थाल्यो, एनआइसी अगाडि, ग्लोबल र नबिल पनि रफ्तारमा
नेपाल एसबीआइ बैंकको व्यापार सुक्न थाल्यो, एनआइसी अगाडि, ग्लोबल र नबिल पनि रफ्तारमा

Tata
GBIME
Nepal Life

काठमाडौं। वर्षभरी ८ खर्ब १८ अर्ब रुपैयाँ ऋण वृद्धि गरे पनि केही बैंकको पर्फर्मेन्स भने खराब देखिएको छ। केहीले भने एक वर्षमै अर्को बैंकको कुल 'पोर्टफोलियो' भन्दै धेरै ऋणसमेत बिस्तार गरेका छन्।

गत आर्थिक वर्ष सर्वाधिक ऋण बिस्तार एनआइसी एसियाले गरेको छ। बैंकले कुल ९१ अर्ब १० करोडले ऋण बढाएको छ। ऊभन्दा पछि धेरै ऋण बढाउने नबिलले ५२ अर्ब ६४ करोडको वृद्धि छ। पहिलो र दोस्रो बीचको अन्तर ३८ अर्ब ४६ करोड रुपैयाँ छ। नबिलको ऋण बिस्तारमा युनाइटेड फाइनान्सको समेत योगदान छ। बैंकले फाइनान्सलाई असार २७ मा मर्जर गरेको थियो। 

सबैभन्दा कम नेपाल एसबीआइ बैंकको ७ अर्ब २७ करोडको वृद्धि छ। असार मसान्तमा त बैंकको ऋण जेठको तुलनामा एक अर्ब ६५ करोडले घटेको छ। एसबीआइको पछिल्लो समय व्यापार खस्किँदै गएको छ। 

एनआइसी एसियाले वर्षभरीमा ९१ अर्बले ऋण बढाउँदा चार बैंकको जिन्दगीभरीको ऋण बिस्तार त्योभन्दा कम छ। सिभिल, सेञ्चुरी, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बंगलादेश (एनबी) बैंकको ऋण कम भएको हो। चारमध्ये सबैभन्दा धेरै सिभिलको ८३ अर्ब ४ करोड छ। 

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक झन्डै  झन्डै एक खर्बमा उक्लिएको छ। बैंकको कुल ऋण ९९ अर्ब ९१ करोड छ। यसपछि बैंक अफ काठमाण्डूको ९८ अर्ब ९० करोड छ। 

बैंक (रु. अर्बमा) कुल ऋण एक बर्षको बिस्तार जेठको तुलनामा असारमा
एनआइसी 264.84 91.1 -1.92
नबिल 205.65 52.64 7.8
राष्ट्रिय बाणिज्य बैंक 199.76 43.28 13.59
ग्लोबल 242.5 42.51 0.13
सिटिजन्स 123.64 42.39 8.57
प्रभु 142.26 39.16 -0.55
सिद्धार्थ 165.68 38.19 2.13
नेपाल बैंक 144.95 37.14 6.43
एनएमबि 158.04 36.27 -0.74
एनसीसी 99.91 30.56 5.81
सानिमा 122.69 29.4 0.53
सिभिल 83.04 29.21 -0.56
कुमारी 143.77 28.63 5.1
कृषि विकास 151.54 28.17 4.5
प्राइम 142.98 28.03 5.83
मेगा 141.12 27.2 3.12
हिमालयन 132.86 24.97 2.74
इन्भेष्टमेन्ट 167.19 22.61 -3.31
माछापुच्छ्रे 116.27 21.74 -1.84
सेञ्चुरी 81.39 20.28 2.52
सनराइज 103.37 19.54 4.01
लक्ष्मी 108.65 17.75 1.55
बैंक अफ काठमाण्डू 98.9 16.83 0.18
एभरेष्ट 134.95 16.24 3.2
स्ट्यान्डर्ड चार्टर्ड 72.05 14.53 4.99
नेपाल बंगलादेश बैंक 71.17 9.8 2.49
नेपाल एसबीआइ 101.58 7.27 -1.65

जेठको तुलनामा असारमा सात बैंकको ऋण घटेको छ। प्रभु, सिभिल, एनएमबि, नेपाल एसबीआइ, माछापुच्छ्रे, एनआइसी एसिया र नेपाल इन्भेष्टमेन्ट बैंकको घटेको छ। अन्तिम महिना सर्वाधिक ऋण राष्ट्रिय वाणिज्य बैंकले बिस्तार गरेको छ। बैंकले १३ अर्ब ५९ करोडले ऋण बढाएको छ। अहिले बैंकको कुल ऋण एक खर्ब ९९ अर्ब ७६ करोड रुपैयाँ छ। 

वाणिज्य बैंकहरुले गत वर्ष सात खर्ब १४ अर्ब रुपैयाँले निक्षेप बढाएका छन्। सर्वाधिक निक्षेप एनआइसी एसियाले बढाएको छ। बैंकले ८९ अर्ब ४१ करोड रुपैयाँले निक्षेप बढाएको छ। यसपछि ग्लोबल आइएमइ बैंकले बढाएको छ। 

पहिलो र दोस्रो बैंकबीच निक्षेप वृद्धिको अन्तर ३२ अर्ब ७१ करोड रुपैयाँ छ। सिटिजन्स बैंकले ५० अर्ब ८० करोड रुपैयाँले बढाएको छ। यसमा मर्जरको योगदान धेरै छ।

बैंक (रु. अर्बमा) कुल निक्षेप एक बर्षको बिस्तार जेठको तुलनामा असारमा
एनआइसी 300.25 89.41 -3.65
ग्लोबल 283.34 56.7 28.08
राष्ट्रिय बाणिज्य 264.1 31.12 14.01
नबिल 228.01 34.98 6.8
सिद्धार्थ 185.2 39.26 12.86
इन्भेष्टमेन्ट 176.05 7.46 1.57
प्रभु 169.73 33.21 8.35
एनएमबि 166.45 31.64 9.43
नेपाल बैंक 163.55 20.57 7.79
कृषि विकास 162.96 19.08 14.3
एभरेष्ट 160.84 16.12 8.4
प्राइम 159.74 29.94 13.26
कुमारी 157.18 32.96 9.75
हिमालयन 149.36 17.5 7.87
मेगा 145.28 13.39 3.82
सिटिजन्स 143 50.8 11.98
माछापुच्छ्रे 134.16 27.42 6.89
सानिमा 130.88 20.79 -0.91
लक्ष्मी 116.83 15.39 3.41
एनसीसी 110.77 31.16 10.3
सनराइज 110.24 15.52 7.02
नेपाल एसबीआइ 106.22 -4.18 -2.51
बैंक अफ काठमाण्डू 104.34 11.06 3.36
सेञ्चुरी 97 26.64 10.67
स्ट्यान्डर्ड चार्टर्ड 96.19 -2.92 8.3
सिभिल 90.34 30.2 1.4
नेपाल बंगलादेश बैंक 89.38 16.19 7.83

अघिल्लो वर्षको तुलनामा गत वर्ष दुई बैंकको निक्षेप घटेको छ। नेपाल एसबीआइको ४ अर्ब १८ करोड र स्ट्यान्डर्ड चार्टर्डको २ अर्ब ९२ करोड रुपैयाँले निक्षेप घटेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले जम्मा ७ अर्ब ४६ करोड रुपैयाँले मात्र निक्षेप बढाउन सकेको छ। यसमध्ये अन्तिम महिना एक अर्ब ५७ करोड रुपैयाँले निक्षेप बढेको छ।

जेठको तुलनामा असारमा एनआइसी एसियाको सबैभन्दा बढीले निक्षेप घटेको छ। बैंकको ३ अर्ब ६५ करोडले घटेको छ। अहिले बैंकसँग कुल ३ खर्ब २५ करोड निक्षेप छ। एनआइसीपछि सर्वाधिक निक्षेप ग्लोबल आइएमइसँग २ खर्ब ८३ अर्ब रुपैयाँ छ। यसपछि राष्ट्रिय वाणिज्य बैंकसँग २ खर्ब ६४ अर्ब र नबिलसँग २ खर्ब २८ अर्ब रुपैयाँ छ। अरुको दुई खर्बभन्दा तलै छ।