BIZMANDU
www.bizmandu.com

नेपालमा स्कोडा कुशकको मूल्य सार्वजनिक, सुरुवाती मूल्य ४९ लाख ९० हजार, कुन भेरियन्टको कति?

२०७८ साउन ४

नेपालमा स्कोडा कुशकको मूल्य सार्वजनिक, सुरुवाती मूल्य ४९ लाख ९० हजार, कुन भेरियन्टको कति?
नेपालमा स्कोडा कुशकको मूल्य सार्वजनिक, सुरुवाती मूल्य ४९ लाख ९० हजार, कुन भेरियन्टको कति?


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित एसयुभी स्कोडा कुशकको मूल्य सार्वजनिक गरेको छ। 

एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने कुशकको मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ।

एमएडब्लुले नयाँ स्कोडा कुशकका लागि दुई साताअघि नै बुकिङ खुला गरिसकेको छ। ग्राहकले साउन ११ गतेदेखि कुशकको टेस्ट ड्राइभ गर्न पाउनेछन्। 

रोबस्ट र मस्कुलर लुक रहने कुशकले नेपाली एसयुभी प्रेमीको मन जित्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ। कुशकको अगाडिको भागमा चौडा र ग्रिल, डुअल हेलाइट सेटअप, एलइडी डीआरएल र फग ल्याम्प हुनेछ। साथै यसमा रुफ रेल र १७ इन्चको डाइमन्ड कट एलोइ ह्विल हुनेछ। साथै, पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्‍याप–अराउन्ड एलडी टेललाइट रहनेछ। 

यसको इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। यसमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर पनि रहनेछ। 

साथै, सुरक्षाका लागि यसमा ६ एअर ब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि हुनेछ। इएससी सबै भेरियन्टमा हुनेछ, जुन सेग्मेन्टमै पहिलो हो। साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ। 

स्कोडा कुशकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टीएसआई इन्जिन हुनेछ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ, जुन सेग्मेन्टमै सबैभन्दा बढी हो। टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ।