BIZMANDU
www.bizmandu.com

टाटाको विद्युतीय गाडी ‘नेक्सन इभी’ नेपालमा साउन १२ गते सार्वजनिक हुँदै, यस्तो छ गाडी 

२०७८ साउन ३

टाटाको विद्युतीय गाडी ‘नेक्सन इभी’ नेपालमा साउन १२ गते सार्वजनिक हुँदै, यस्तो छ गाडी 
टाटाको विद्युतीय गाडी ‘नेक्सन इभी’ नेपालमा साउन १२ गते सार्वजनिक हुँदै, यस्तो छ गाडी 

Tata
GBIME
Nepal Life

काठमाडौं। भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले उत्पादन गरेको विद्युतीय गाडी 'नेक्सन इभी' नेपालमा आउँदो १२ गते सार्वजनिक हुने भएको छ। 

टाटाको नेपाली आधिकारिक वितरक सिप्रदी ट्रेडिङले उक्त दिन नेक्सन इभी सार्वजनिक गरेर नेपाली बजारमा बिक्री खुला गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

नेक्सन इभीप्रति नेपाली उपभोक्ताहरुले उत्सुकता दर्शाएको र यसप्रतिको चासो बढ्दो रहेको दाबी सिप्रदी ट्रेडिङको छ।

यस विद्युतीय गाडीका लागि पहिलो चरणमा बुकिङ गरिसकेका केही ग्राहकलाई कम्पनीले साउन १२ देखि नै गाडी बिक्री तथा हस्तान्तरण गर्ने बताएको छ। साथै, अन्य ग्राहकलाई पनि क्रमशः नेक्सन इभीको बिक्री वितरण गर्दै जाने विज्ञप्तिमा उल्लेख छ। कम्पनीले जनाएअनुसार १६६००१५५७७७ नम्बरमा कल गरेर वा कम्पनीको वेबसाइट मार्फत गाडी बिक्री गर्न सक्नेछन् । वेबसाइटमार्फत रजिष्टर गर्ने ग्राहकले गाडी खरिदमा विशेष प्राथमिकता पाउने कम्पनीले जनाएको छ।

यस्तो छ नेक्सन इभी

अत्याधुनिक जिपट्रोन प्रविधियुक्त नेक्सन इभीको बनावट आकर्षक हुनुका साथै यसमा अन्त्यन्त सुरक्षित एवं आरामदायी तवरले यात्रा गर्न सकिने भनाइ कम्पनीको छ।

त्यसैगरी, लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिने बताइएको छ।

सन् २०२० को जनवरीबाटै भारतमा बिक्री सुरु भएको नेक्सन इभीले छोटो अवधिमा नै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको दाबी गरिएको छ। भारतमा ४५०० भन्दा धेरै परिवारले रुचाएको समेत जिकिर गरिएको यस गाडीले १८ वटा पुरस्कार जितिसकेको जनाइएको छ। यसकारण नेक्सन इभी लोकप्रियता हासिल गर्न सफल इभी समेत भएको बताइएको छ।

नेपालमा नेक्सन इभी तीनवटा मोडेलमा उपलब्ध हुनेछ। यसको ब्याट्रीमा ८ वर्ष वा एक लाख ६० हजार किलोमिटर (जुन पहिला आउँछ) र गाडीमा तीन वर्ष वा एक लाख २५ हजार किलोमिटर (जुन पहिला आउँछ) को वारेन्टी दिने कम्पनीले बताएको छ। 

टाटा मोटर्सले नेपालमा विद्युतीय गाडीको प्रभावकारी संचालनका लागि पूर्ण इको सिस्टम विकास गर्ने लक्ष्य राखेको छ। यसका लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका साथै नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिंङ सुविधाका लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्ने इत्यादि योजना बनाएको छ।