BIZMANDU
www.bizmandu.com

सुन चाँदीको मूल्यमा गिरावट, ६ सय घट्दा सुन प्रतितोला ९२ हजार ६ सय, चाँदी २५ रुपैयाँ घट्यो

२०७८ साउन ३

सुन चाँदीको मूल्यमा गिरावट, ६ सय घट्दा सुन प्रतितोला ९२ हजार ६ सय, चाँदी २५ रुपैयाँ घट्यो
सुन चाँदीको मूल्यमा गिरावट, ६ सय घट्दा सुन प्रतितोला ९२ हजार ६ सय, चाँदी २५ रुपैयाँ घट्यो

Tata
GBIME

काठमाडौं। साउन पहिलो दिन स्थिर रहेको सुन चाँदीको कारोबार मूल्यमा आइतबार भने गिरावट आएको छ। सुन तोलामा ६ सय र चाँदी २५ रूपैयाँ घटेको हो। 

आइतबारका लागि सुनको कारोबार मूल्य ९२ हजार ६ सय रूपयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार प्रतितोला ९३ हजार २ सय थियो। 

बढ्ने क्रममा ब्रेक लाग्दै चाँदी पनि प्रतितोला १२ सय ९५ भएको छ। शुक्रबार चाँदी १३ सय २० थियो। गत बिहीबार निर्धारण भएको मूल्यमा शुक्रबार घटबढ भएको थिएन। 

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १८१२.३६ डलर र चाँदी २५.६७ डलरमा कारोबार भइरहेको छ।