BIZMANDU
www.bizmandu.com

एनएमबि बैंक र समाज कल्याण परिषद्‍बीच विद्युतीय भुक्तानी समझदारी, गैससहरुलाई सहज

२०७८ साउन २

एनएमबि बैंक र समाज कल्याण परिषद्‍बीच विद्युतीय भुक्तानी समझदारी, गैससहरुलाई सहज
एनएमबि बैंक र समाज कल्याण परिषद्‍बीच विद्युतीय भुक्तानी समझदारी, गैससहरुलाई सहज

Tata
GBIME
Nepal Life

काठमाडौं। एनएमबि बैंक र समाज कल्याण परिषद्बीच डिजिटल भुक्तानीको लागी द्विपक्षीय समझदारी भएको छ।

कोभिड-१९ को महामारी रोकथाम नियन्त्रण तथा प्रतिकार्यका लागि सामाजिक दूरी र सुरक्षाको मापदण्ड अपनाउँदै भुक्तानी कारोबार सहज बनाउन समझदारी भएको हो।

समाज कल्याण परिषदमा आबद्ध नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु र सबै सदस्यहरुले परिषदलाई गर्नुपर्ने भुक्तानी विद्युतीय प्रणाली (अनलाइन) मार्फत गर्न सकिने व्यवस्था मिलाइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

भृकुटीमण्डपस्थित परिषद्को कार्यालयमा आयोजित कार्यकर्ममा प्रमुख रामराज भट्टराईले अनलाइन माध्यमले सबैलाई सहज हुने बताए। एनएमबि बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले नगदसहितबाट नगदरहित समाज निर्माणतर्फ उन्मुख हुन तथा आफ्ना मूल्यवान ग्राहकलाई डिजिटल भुक्तानीमा अभिप्रेरित गर्न होस्टेमा हैंसे गर्ने प्रयासरत रहेको भनाइ राखे।   

कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, सदस्य सचिव पुष्कर खाती, प्रशासन प्रमुख सञ्जयकुमार मल्लिकले अनलाइन भुक्तानी सम्बन्धमा महत्व र फाइदाहरुको विषयमा आआफ्नो भनाइ राखेका थिए। समाज कल्याण परिषद्माम आबद्ध भृकुटीमण्डप परिसर भित्रका २,००० सदस्य छन् भने ५०,००० भन्दा बढी एनजीओ र २०० भन्दा बढी आइएनजीओ उक्त भुक्तानी प्रणालीबाट लाभान्वित हुने विश्वास लिइएको जानकारी कार्यक्रममा दिइयो।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा दिँदै आएको जनाएको छ।