BIZMANDU
www.bizmandu.com

आजबाट सेयरको पुँजीगत लाभकर दुई वटा, म्युचुअल फण्डमा कर नलाग्ने, मर्जरमा पनि विकल्प

२०७८ साउन १

आजबाट सेयरको पुँजीगत लाभकर दुई वटा, म्युचुअल फण्डमा कर नलाग्ने, मर्जरमा पनि विकल्प
आजबाट सेयरको पुँजीगत लाभकर दुई वटा, म्युचुअल फण्डमा कर नलाग्ने, मर्जरमा पनि विकल्प


GBIME
Tata

काठमाडौं। केपी ओली नेतृत्वको सरकारले संसद छलेर अध्यादेशबाट ल्याएको बजेट आजबाट पूर्णरूपमा कार्यान्वयनमा आएको छ।

संशोधन वा अर्को बजेट नल्याएसम्म ओली सरकारले ल्याएको अध्यादेश बजेट शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यान्वयन गर्नु पर्नेछ।

बजेट जेठ १५ गते आएको थियो। त्यही दिनदेखि अन्तःशुल्क, भन्सार कार्यान्वयन भएपनि आयकर परिवर्तन भएको थिएन। आजबाट परिवर्तित आयकर लागू हुनेछ।

आजबाट दोस्रो बजारमा हुने सेयर कारोबारमा दुई भिन्न पुँजीगत लाभकर लाग्नेछ। दीर्घकालीन कारोबारमा ५ प्रतिशत लाभकर लाग्नेछ भने अल्पकालीनमा साढे सात प्रतिशत लाग्ने छ।

क्यासिनो रोयल्टी पनि आजबाट लागू हुने छ। आर्थिक बर्ष २०७६/७७ सम्मको बक्यौता रोयल्टी पूरै र त्यसमा लागेको थप शुल्क तथा वार्षिक थप शुल्कको ५० प्रतिशत रकम २०७८ चैत मसान्तभित्र बुझाएमा २०७६/७७ सम्मको बाँकी थप शुल्क र वार्षिक थप शुल्क छुट हुने छ।

टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुर पनि आजबाट नयाँ कायम भएको छ। अब 'क' वर्गका वाणिज्य बैंकहरु मर्जर भए मात्र कर छुट पाउने छन्। आजबाट असमान स्तरका बैंक मर्जरमा दिँदै आएको कर छुट पाइँदैन। सरकारले लाभांश, कर्मचारी अवकाशलगायतमा कर छुट दिँदै आएको थियो।

आजबाट म्युचुअल फण्डमा कुनै पनि प्रकारको कर लाग्ने छैन। विदेशी बैंकबाट मात्र ऋण ल्याउँदा ब्याजमा लाग्ने कर १० प्रतिशत थियो। अब वित्तीय संस्थाबट ल्याउँदा पनि १० प्रतिशत छुट हुने छ।