.jpg)
अमेरिकी वायुसेवा कम्पनी युनाइटेड एयरलाइन्सले विद्युतीय हवाई जहाज संचालनमा ल्याउन भएको छ। कम्पनीले आउँदो पाँच वर्ष (सन् २०२६) मा विद्युतीय हवाई जहाजमार्फत उडान सेवा सुरु गर्ने योजना बनाएको छ।
युनाइटेडले हर्ट एरोस्पेस कम्पनीसँग क्षेत्रीय साझेदार कम्पनी मेसा एयरलाइन्स सहितका लागि एक-एक सय वटा १९ सिट क्षमताको विद्युतीय जहाज संचालनमा ल्याउन लागेको रोयटर्सले जनाएको छ। वातावरण प्रदूषण न्यूनिकरणको उद्धेश्यले कम्पनीले विद्युतीय हवाईजहाज संचालनमा ल्याउन लागेको बताएको छ।
यतिखेर विश्व उड्डयन क्षेत्रमा ठूला आकारका ब्याट्री, व्यापक लगानी आवश्यकताका कारण विद्युतीय हवाई जहाज संचालनमा ल्याउनका असम्भव रहेको बताइँदै आएको छ। यसअघि इलेक्ट्रिक फ्लाइङ ट्याक्सीको अवधारणा ल्याएको कम्पनीले पछिल्लो समय विद्युतीय हवाईजहाज संचालनमा ल्याउने अवधारणा सार्वजनिक गरेको हो।
कम्पनीले क्षेत्रीय साझेदार मेसा एयरलाइन्स सहित हर्ट एरोस्पेशसँग कुल दुई सयवटा इएस-१९ सिरीजको जहाज खरिद गर्ने सम्झौता गरिसकेको छ।
हर्ट एरोस्पेशले आविष्कार गरेको यो विद्युतीय जहाज (इएस-१९) मा १९ सिट क्षमता रहेको छ। सन् २०२६ अघि नै तयार गर्न लागिएको यो जहाजको डिजाइनपछि परिक्षण उडान गरिने बताइएको छ।
कम्पनीले विद्युतीय जहाजमार्फत एक सयभन्दा बढी क्षेत्रीय गन्तव्यमा उडान सेवा दिने योजना बनाएको छ।
'मेसा एयरसँगको सहकार्यमा विद्युतीय हवाई जहाज संचालनमा ल्याउने योजना सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं,' कम्पनीका कर्पोरेट डेभलपमेन्ट उपाध्यक्ष माइकल लेसकिनेनले भनेका छन्।