BIZMANDU
www.bizmandu.com

करिब ३६ करोडको पब-जी विश्वस्तरीय प्रतियोगितामा नेपाली टिम डीआरएस गेमिङ, इनाम च्यारिटीमा

२०७८ असार २८

करिब ३६ करोडको पब-जी विश्वस्तरीय प्रतियोगितामा नेपाली टिम डीआरएस गेमिङ, इनाम च्यारिटीमा
करिब ३६ करोडको पब-जी विश्वस्तरीय प्रतियोगितामा नेपाली टिम डीआरएस गेमिङ, इनाम च्यारिटीमा

Tata
GBIME
Nepal Life

काठमाडौं। टेन्सेन्टले पब-जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लू आइ) २०२१ को मिड सिजन इभेन्ट सार्वजनिक गरेको छ। 

आगामी २२ देखि २५ जुलाईमा आयोजना हुने प्रतियोगिताको च्यारिटी पुल प्राइज ३० लाख अमेरिकी डलर (३५ करोड ७३ लाख २३ हजार सात सय रुपैयाँ) को हुनेछ। जसमा नेपाली पब-जी टिम डीआरएस गेमिङले सहभागिता जनाउँदै छ।  

पब-जी कर्पोरेसनसँगको सहकार्यमा गेमर्स विदाउट बोर्डर्स मुख्य प्रायोजक रहेको यस प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले आफ्नो इच्छा अनुसार जितेको च्यारिटी रकम खर्चिन पाउने बताइएको छ। डीआरएस गेमिङले आफुले प्राप्त गर्ने इनाम रकम बाढी पीडितका लागि खर्चिने जनाएको छ। 

टिमहरुलाई पूर्वीय र पश्चिमा गरी दुई भागमा विभाजन गरिएको छ। पूर्वीय डिभिजनमा नेपाली पब-जी टिम डीआरएस गेमिङ छ। दुवै डिभिजनमा १६/१६ गरी ३२ टोलिले प्रतिस्पर्धा गर्ने छन्।

एउटा डिभिजनमा रहेका हरेक १६ वटा टिमहरुलाई समान रुपमा ८० हजार अमेरिकी डलर (९५ लाख रुपैयाँ) बाँडिने छ। हरेक टिमले प्रतियोगितामा सहभागिता भएवापत पाँच हजार अमेरिकी डलर (करिब ६ लाख रुपैयाँ) पाउने छन्।

अतिरिक्त १५ लाख अमेरिकी डलर (१७ करोड ८७ लाख रुपैयाँ) च्यारिटीमा खर्चिने आयोजकले जनाएको छ। दुवै डिभिजनबाट शीर्ष चार टिम गरी कुल आठ टिमले अतिरिक्त च्यारिटी रकम पाउने छन्।