BIZMANDU
www.bizmandu.com

जेठमा बैंक वित्तीय संस्थाको खुद नाफा ७० अर्ब २९ करोड, कुन संस्थाको कति?

२०७८ असार २२

जेठमा बैंक वित्तीय संस्थाको खुद नाफा ७० अर्ब २९ करोड, कुन संस्थाको कति?
जेठमा बैंक वित्तीय संस्थाको खुद नाफा ७० अर्ब २९ करोड, कुन संस्थाको कति?


Tata
GBIME
Nepal Life

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले जेठ मसान्तसम्म ७० अर्ब २९ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेका छन्।

यसमध्ये वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ६२ अर्ब ३६ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेका छन्। 

विकास बैंकहरुले ६ अर्ब र फाइनान्स कम्पनीले एक अर्ब ९२ करोड रुपैयाँ नाफा गरेका छन्। 

वाणिज्य बैंक
चैत (तेस्रो त्रैमासिक) सम्मको तुलनामा पछिल्लो दुई महिनामा वाणिज्य बैंकहरुले नाफा ११ अर्ब ६२ करोड रुपैयाँले बढाएका छन्।

चैतमा बैंकको नाफा ५० अर्ब ७४ करोड रुपैयाँ थियो। सरकारले वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु गरेको थियो। यसले आर्थिक गतिविधि अवरुद्ध भएको थियो। यस्तो बेलामा पनि नाफा उत्साहपूर्ण रूपमा बढेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको विवरण अनुसार, सर्वाधिक नाफा नबिल बैंकको छ। सबैभन्दा कम सेञ्चुरी कमर्सियल बैंकको छ। 

नबिल बैंकले ४ अर्ब ४३ करोड रुपैयाँ खुदा नाफा गरेको छ। यसपछि ग्लोबल आइएमइ बैंकको ४ अर्ब ३० करोड रुपैयाँ छ। 

२७ वटामध्ये दुई बैंकको नाफा मात्र एक अर्ब रुपैयाँभन्दा कम छ। सिभिलको ६० करोड २१ लाख रुपैयाँ नाफा छ भने सेञ्चुरीको सबैभन्दा कम ५३ करोड ७२ लाख रुपैयाँ छ। 

नेपाल एसबीआइको नाफा एक अर्ब १० करोड पुगेको छ। दुई अर्बभन्दा कम एक अर्बभन्दा माथि नाफा ११ वटा बैंकको छ। चार अर्बभन्दा कम दुई अर्बभन्दा माथि नाफा १२ बैंकको छ। १२ वटा बैंकले डुबेको ऋण 'राइट अफ' गरेका छन्। 

विकास बैंक
सञ्चालनमा रहेका १८ मध्ये १७ विकास बैंकहरुले ६ अर्ब एक करोड रुपैयाँ खुद नाफा गरेका छन्। १८ मध्ये नारायणी डेभलपमेन्ट बैंकले तथ्यांक उपलब्ध गराएको छैन।

सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकको छ। बैंकले जेठसम्म एक अर्ब २३ करोड रुपैयाँ नाफा गरेको छ। यसपछि गरिमाले ८३ करोड १९ लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकले जनाएको छ।

सबैभन्दा कम नाफा ग्रीनको ३५ लाख ७० हजार रुपैयाँ छ। कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा ६६ लाख ७० हजार रुपैयाँ छ। बाँकीको नाफा करोडमाथि छ। 

फाइनान्स कम्पनी
राष्ट्र बैंकका अनुसार, नेपाल फाइनान्स, जानकी र क्यापिटल मर्चेन्टले जेठको विवरण बुझाएका छन्। बाँकी रहेका १७ कम्पनीमध्ये समृद्धि फाइनान्स ५२ लाख ८० हजार रुपैयाँ घाटामा छ।

कम्पनीहरुले एक अर्ब ९२ करोड रुपैयाँ खुद नाफा गरेका छन्। सबैभन्दा बढी नाफा ४० करोड २३ लाख रुपैयाँ नाफा गरेको छ। सबैभन्दा कम नाफा सेयर मार्केटको ९४ लाख ३० हजार रुपैयाँ छ। बाँकीको नाफा एक करोडमाथि छ।