.jpg)
काठमाडौं। चालु वर्षको ११ महिनामा १३ खर्ब ८५ अर्बको आयात भएको छ। आयात गतवर्ष भन्दा २५.६७ प्रतिशतले वृद्धि भएको हो।
गत वर्ष सोही अवधिमा ११ खर्ब ८१ करोडको आयात भएको थियो। निर्याततर्फ पनि वृद्धि भएको छ।
११ महिनामा कुल निर्यात १ खर्ब २१ अर्ब २५ करोडको निर्यात भएको छ। कोभिड-१९ को दोस्रो लहर सुरु भएपनि आयातमा धेरै असर गरेको छैन।
यो अवधिमा सबैभन्दा धेरै डिजेल आयत भएको छ। यस्तै दोस्रोमा पेट्रोल तथा तेस्रोमा सवारी साधन बढी आयात भएको छ। यस अवधिमा १ हजारदेखि १५ सय सीसीसम्मको सवारी ८७ सय ६१ वटा आयात भैसकेको छ।
यस्तै मोटरसाइकल आयातमा पनि वृद्धि भएको छ। ११ महिनामा करिब २ लाखवटा ५० देखि २ सय ५० सीसीसम्मको मोटरसाइकल आयात भैसकेको छ।