BIZMANDU
www.bizmandu.com

एनएमबि बैंकको साना निक्षेपकर्ताहरुलाई आकर्षक अफर, अरु वाणिज्य बैंक भन्दा धेरै ब्याज

२०७८ असार ४

एनएमबि बैंकको साना निक्षेपकर्ताहरुलाई आकर्षक अफर, अरु वाणिज्य बैंक भन्दा धेरै ब्याज
एनएमबि बैंकको साना निक्षेपकर्ताहरुलाई आकर्षक अफर, अरु वाणिज्य बैंक भन्दा धेरै ब्याज

Tata
GBIME
Nepal Life

काठमाडौं। एनएमबि बैंकले साना निक्षेपकर्ताहरुलाई उच्च ब्याजदर दिने भएको छ। 

बैंकले साना निक्षेपकर्ताहरुलाई वार्षिक ५.६० प्रतिशतसम्म ब्याजदर तोकेको छ। हाल वाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्याज भएको दाबी बैंकको छ। 

बैंकले मुद्दती खातामा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज दिने जनाएको छ। 

बैंकहरु कर्जा सापटीमा केन्द्रित रहेको देखिएता पनि एनएमबिले भने साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आएको छ।