काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कारोबारमा आएको गिरावटसँगै साताको अन्तिम दिन सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको कारोबार मूल्य ९० हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि बिहीबार पनि तोलामा ११ सय रुपैयाँले घटेको थियो।
बिहीबार कारोबार मूल्य प्रतितोला ९२ हजार रुपैयाँ निर्धारण भएको थियो। यसअघि बुधबार एक सय रुपैयाँ घट्दा प्रतितोला ९३ हजार १ सय रुपैयाँ भएको थियो।
चाँदी पनि तोलामा ३५ रुपैयाँ घटेको छ। चाँदीको कारोबार मूल्य १३ सय ५ रुपैयाँ भएको छ। यसअघि ६० रुपैयाँ घट्दा बिहीबार प्रतितोला १३ सय ४० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १८२०.९३ डलरमा कारोबार भएको थियो। शुक्रबार घटेर प्रतिऔंस १७८४.६७ डलरमा कारोबार भएको छ। यसैगरी बिहीबार प्रतिऔंस २७.११ डलरमा कारोबार भएको चाँदी पनि घटेर शुक्रबार प्रतिऔंस २६.१३ डलरमा कारोबार भएको छ।