BIZMANDU
www.bizmandu.com

दराजले बैंक डेज अफरमा थप्यो ३ वटा बैंक, विद्युतीय भुक्तानी गर्दा १५% छुट पाइने

२०७८ असार ४

दराजले बैंक डेज अफरमा थप्यो ३ वटा बैंक, विद्युतीय भुक्तानी गर्दा १५% छुट पाइने
दराजले बैंक डेज अफरमा थप्यो ३ वटा बैंक, विद्युतीय भुक्तानी गर्दा १५% छुट पाइने

Tata
GBIME
Nepal Life

काठमाडौं। दराजले तीन वटा बैंक माछापुच्छे, मेगा र हिमालयन बैंकसँग साझेदारी गरि १७ जुनदेखि बैंक डेज अफर पुनः सुरु गर्ने भएको छ। 
यस अफरमार्फत ग्राहकहरुले कार्ड प्रिपेमेन्ट गरेमा १५ प्रतिशत  (५०० रुपैयाँसम्म) छुट पाउन सक्ने कम्पनीले जनाएको छ। 

दराजले अन्य चार बैंकहरू सानिमा, एनआइसी एसिया, नबिल र स्टाण्डर्ड चार्टर्ड बैंकसँगको सहकार्यमा बैंक डेज अफर पनि पुनः सुरु गर्ने घोषणा गरेको छ।

दराज बैंक डेजमार्फत ग्राहकहरुले हप्तैभरी दराजका साझेदार बैंकहरुबाट छुटको सुविधा लिन सक्ने जनाएको छ।  

माछापुच्छ्रे र मेगा बैंकले कार्ड प्रयोगकर्ताहरुले हरेक बिहीबार दराज एपमार्फत डेबिट कार्ड भुक्तानीमा १०% (५०० रुपैयाँसम्म) छुट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% (५०० रुपैयाँसम्म) छुट पाउने दराजले जनाएको छ। 

हिमालयन बैंकको प्रिपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत (५०० रुपैयाँसम्म) छुट पाउने दराजले जनाएको छ। यसैगरी, दराजले बैंक डेज अफर अन्तर्गत, ग्राहकहरु हप्ताभरि दराजका अन्य साझेदार बैंकहरुबाट छुटको सुविधा दिने जनाएको छ। 

कहिले कुन बैंकका ग्राहकलाई कति छुट 

सोमबार – सानिमा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५% (५०० रुपैयाँसम्म) छुट र डेबिट कार्ड भुक्तानमा १०% (५०० रुपैयाँसम्म) छुट। 
बुधबार – एनआइसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानीमा १५% (५०० रुपैयाँसम्म) छुट र डेबिट कार्ड भुक्तानीमा १०% (५०० रुपैयाँसम्म) छुट। 
शुक्रबार – नबिल बैंक मार्फत १०% छुट (अधिकतम ५०० रुपैयाँ)
शनिबार – स्टाण्डर्ड चार्टर्ड बैंकबाट मार्फत १०% छुट (अधिकतम ५०० रुपैयाँ) 

कार्ड सक्रिय नभएमा ग्राहकहरुले दराज एपमा गएर बैंकहरुले दिएको निर्देशन पालना गर्न आग्रह गरिएको छ।