BIZMANDU
www.bizmandu.com

बाढी-पहिरोबाट जोगियो दूरसञ्चार र इन्टरनेट पूर्वाधार, ‘विद्युत नहुँदा सेवा अवरुद्ध’

२०७८ असार ३

बाढी-पहिरोबाट जोगियो दूरसञ्चार र इन्टरनेट पूर्वाधार, ‘विद्युत नहुँदा सेवा अवरुद्ध’
बाढी-पहिरोबाट जोगियो दूरसञ्चार र इन्टरनेट पूर्वाधार, ‘विद्युत नहुँदा सेवा अवरुद्ध’

Tata
GBIME
Nepal Life

काठमाडौं। देशभर आएको बाढी र पहिरोका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति नपुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले पछिल्ला केही दिनयता देशका विभिन्न भागमा आएको बाढी र पहिरोका बाबजुद दूरसञ्चार तथा इन्टरनेट पूर्वाधार भने सुरक्षित रहेको जनाएको छ।  

तर पूर्वाधारमा क्षति नपुगे पनि बाढी र पहिरो गएको क्षेत्रमा विद्युत अवरुद्ध भएका कारण विभिन्न स्थानमा दूरसञ्चार र टेलिफोन सेवामा समस्या आएको प्राधिकरणको भनाइ छ। 

सेवा सहज अवस्थामा राख्न सेवा प्रदायकहरुले प्रयास गरिरहेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।