BIZMANDU
www.bizmandu.com

सेयर बजारमा एक महिना यताकै न्युन कारोबार, लगातार दोस्रो दिन पनि घट्यो सूचक

२०७८ असार ३

सेयर बजारमा एक महिना यताकै न्युन कारोबार, लगातार दोस्रो दिन पनि घट्यो सूचक
सेयर बजारमा एक महिना यताकै न्युन कारोबार, लगातार दोस्रो दिन पनि घट्यो सूचक

Tata
GBIME
Nepal Life

काठमाडौं। साताको अन्तिम दिन सेयर बजारमा ११ अर्ब रुपैयाँ भन्दा कम मूल्यको सेयर किनबेच भएको छ। यो कारोबार रकम १ दिन बाहेक पछिल्लो एक महिना यताकै सबैभन्दा कम हो।

पछिल्लो एक महिनाको अवधिमा दुई हप्ता अघि एक दिन मात्रै ११ अर्ब रुपैयाँ भन्दा कम मूल्यको सेयर किनबेच भएको थियो। उक्त दिन ८ अर्ब रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो। बाँकी सबै कारोबार दिनमा ११ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको तथ्यांक छ।
 
लगातार दोस्रो दिन पनि बजार घट्दा नेप्से सूचक २९६८ बिन्दुमा रोकिएको छ। गत मंगलबार साँझ धितोपत्र बोर्डले ५१ वटा कम्पनीमा लगानी जोखिम रहेको विवरण सार्वजनिक गरेपछि बुधबार बजार ५२ अंकले घटेको थियो। बिहीबार थप १.३० अंकले बजार घटेको हो। ६ वटा उपसमूह हरियो हुँदा ७ वटा उपसमूह रातो भएका छन्। कुनै पनि उपसमूहमा ठूलो घटबढ भएको छैन।

विकास बैंक समूह ९४ अंकले बढेको छ भने लघुवित्त समूह ६४ अंकले घटेको छ। त्यस्तै बिहीबार कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटबढ भएन्।

सर्वाधिक मूल्य बढ्ने क्रममा खानीखोला हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतले बढेको छ भने सर्वाधिक मूल्य घट्ने क्रममा सिइडीबी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले घटेको छ।

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७७ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेशनल हाइड्रोपावरको ३० करोड, नेपाल इन्स्योरेन्सको २७ करोड र निफ्राको २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

२२३ कम्पनीको २ करोड ३ लाख ६६ हजार कित्ता सेयर १० अर्ब ९० करोड रुपैयाँमा किनबेच भएका छन्। ८१ कम्पनीको मूल्य बढे पनि बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।