BIZMANDU
www.bizmandu.com

पहिरोले रसुवा भन्सार कार्यालय पुग्ने बाटो अवरुद्ध, केही दिन काठमाडौं सामान नआउने

२०७८ असार ३


काठमाडौं। पहिरोले स्याफ्रुबेंशीबाट रसुवा भन्सार कार्यालय पुग्ने बाटो ठप्प बनाएपछि चिनियाँ सामान भन्सारमा थन्किएका छन्। भन्सार प्रमुख रामप्रसाद रेग्मीले तीन दिनदेखि भन्सार जाँचपास हुन नसकेको बताए।

Tata
GBIME

उनका अनुसार अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएको छ। ठूलो पहिरो गएकोले केही दिन सामान जाँचपास नहुने उनले बताए। पहिरोले टिमुरेको भन्सार यार्ड जाने पुलमा समेत क्षति भएको छ।

अहिले केरुङ नाकाबाट दैनिक ७ वटा कन्टेनर सामान नेपालतर्फ आइरहेको रेग्मीले बताए। भन्सार यार्डमा ४० वटा सामान बोकेका कन्टेनर छन्। सो नाकाबाट स्वास्थ्य सामाग्री र स्याउ आयात भइरहेको छ। तातोपानी नाकाबाट उपत्यका सामान भित्रिरहेको तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए। चीनबाट दैनिक रूपमा ८ देखि १०  वटा कन्टेनर आयात हुँदै आएको छ।