BIZMANDU
www.bizmandu.com

राहत तथा उद्दारका लागि मेलम्चीलाई काठमाडौं महानगरको दुई करोड रुपैयाँ सहयोग

२०७८ असार ३

राहत तथा उद्दारका लागि मेलम्चीलाई काठमाडौं महानगरको दुई करोड रुपैयाँ सहयोग
राहत तथा उद्दारका लागि मेलम्चीलाई काठमाडौं महानगरको दुई करोड रुपैयाँ सहयोग

काठमाडौँ । काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई  दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

Tata
GBIME
Nepal Life

नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहयोगको घोषणा गरेका हुन्।

मेलम्ची नदीमा आएको बाढीबाट पुगेको क्षतिपछि राहत तथा उद्दारका लागि सो सहयोगको घोषणा गरेको मेयर शाक्यले बताए। यो सहयोगबाट बाढीले समस्यामा परेकालाई केही राहत मिल्ने अपेक्षा गरेको उनले बताए।

मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो। उक्त नगरलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले मेलम्ची बजारनजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि रु. १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता गरेको थियो।