BIZMANDU
www.bizmandu.com

सुनको मूल्य एकै दिन तोलामा ११ सय रुपैयाँले घट्यो, तोलाको ९२ हजार रुपैयाँ कायम

२०७८ असार ३

सुनको मूल्य एकै दिन तोलामा ११ सय रुपैयाँले घट्यो,  तोलाको ९२ हजार रुपैयाँ कायम
सुनको मूल्य एकै दिन तोलामा ११ सय रुपैयाँले घट्यो, तोलाको ९२ हजार रुपैयाँ कायम


Tata
GBIME
Nepal Life

काठमाडौं। सुनको मूल्य विहीबार तोलामा ११ सय रुपैयाँले घटेको छ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुनको बजार मूल्य प्रतितोला ९२ हजार रुपैयाँ निर्धारण भएको छ ।

बुधवार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ३ सय ४० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार सुन प्रतिऔंस १८२०. ९३  डलर  र चाँदी प्रतिऔंस २७. ११ डलरमा कारोबार भएको छ।