BIZMANDU
www.bizmandu.com

सामाजिक सुरक्षा कोषबारे भइरहेको विवादमा शुक्रबार बिजमाण्डू बहस: सहभागीलाई तपाइँको प्रश्न के छ?

२०७८ असार ३

सामाजिक सुरक्षा कोषबारे भइरहेको विवादमा शुक्रबार बिजमाण्डू बहस: सहभागीलाई तपाइँको प्रश्न के छ?
सामाजिक सुरक्षा कोषबारे भइरहेको विवादमा शुक्रबार बिजमाण्डू बहस: सहभागीलाई तपाइँको प्रश्न के छ?


Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले निजी क्षेत्रका कर्मचारी तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन भनेपछि अहिले राम्रो तलब सुविधा पाइरहेका बैंक तथा वित्तीय संस्था र कर्पोरेटका कर्मचारीहरु विरोधमा छन्।

सामाजिक सुरक्षा कोष भने प्रत्येक प्रतिष्ठानहरुलाई अनिवार्य रुपमा आबद्ध हुन पत्राचार गरिरहेको छ। 

वित्तीय क्षेत्रका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा जान जोरजबर्जस्ति गरे आन्दोलनमा उत्रिने चेतावनी दिइसकेका छन्।

उनीहरुको तर्क छ-'आफूले जिन्दगीभरी कमाएको पैसाको साँवा कोषमा गएपछि फिर्ता हुँदैन। प्रतिफल पनि प्रचलित ब्याज दरभन्दा कम छ। सरकारलाई बुझाउनु पर्ने कम पनि बढ्छ र खाइपाइ आएको सुविधा पनि घट्छ।'

यही बिषयलाई लिएर बिजमाण्डूले सामाजिक सुरक्षा कोषमा आकर्षक तलब सुविधा पाउने कर्मचारी किन जान चाहिरहेका छैनन्? साँवा गुम्ने हो? सरकारी र निजी क्षेत्रका कर्मचारीबीच विभेद छ? जसलाई सामाजिक सुरक्षा पुगेको छैन उनीहरुलाई प्राथमिकतामा राख्न छाडेर कोष किन बैंक तथा वित्तीय संस्थाको पछाडि लागेको हो? जस्ता विषयमा केन्द्रित रहेर छलफल गर्नेछ।

शुक्रबार दिउँसो २ बजे हुने छलफलमा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवाली, बैंकर्स संघका अध्यक्ष भुवन दहाल, चार्टर्ड एकाउन्टेन्ट भवनाथ दहाल, राष्ट्रिय सहकारी बैंकका बद्री गुरागाइँ, वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मी, बैंकिङ विज्ञ बीएन घर्ति, अधिवक्ता सरोज घिमिरे, चार्टर्ड एकाउन्टेन्ट शेषमणि दहाललगायत अन्य वक्ताहरु सहभागी हुने छन्।

प्रिय पाठक तथा सरोकारवालाहरुलाई सामाजिक सुरक्षा कोषका बारेमा जिज्ञासा भए इमेल ([email protected]) वा बिजमाण्डूको फेसबुक पेजमा गएर राख्न सक्नु हुने छ।