BIZMANDU
www.bizmandu.com

होटल संघले सरकारलाई भन्यो-‘नयाँ तलब दिन सक्दैनौं, सामाजिक सुरक्षा पनि संशोधन होस्’

२०७८ असार २

होटल संघले सरकारलाई भन्यो-‘नयाँ तलब दिन सक्दैनौं, सामाजिक सुरक्षा पनि संशोधन होस्’
होटल संघले सरकारलाई भन्यो-‘नयाँ तलब दिन सक्दैनौं, सामाजिक सुरक्षा पनि संशोधन होस्’

Tata
GBIME
Nepal Life

काठमाडौं। होटल संघ नेपालले कोभिडबाट होटल क्षेत्र तहसनहस भएको भन्दै सरकारले तोकेको तलब कार्यान्वयन गर्न नसक्ने जनाएको छ। संघका प्रतिनिधिमण्डलले  श्रममन्त्री बिमल श्रीवास्तव भेटेर यो जानकारी दिएको हो। सरकारले नयाँ तलब राजपत्रमा प्रकासित गरिसकेको छ।

साउनदेखि यो तलब कार्यान्वयनमा आउनेछ। राजपत्रमा श्रमिकको तलब १५ हजार दिनुपर्ने उल्लेख छ। अहिले श्रमिकको तलब १३ हजार ४ सय ५० रुपैयाँ छ। संघले सम्झौतामा होटलको स्तर अनुसार विभिन्न परिमाणको तलबमान तोकिएकोले न्यूनतम तलबमान भुक्तान गर्न नसकिएको जनाउँदै सामाजिक सुरक्षा कोषमा सम्झौतामा तोकिएको रकमको आधारमा रकम जम्मा गर्न पाउने व्यवस्थाका लागि आग्रह गरेको छ।

सामाजिक सुरक्षा कोषमा आवद्ध होटल उद्योगका श्रमिकहरुको निरन्तर योगदान हुन नसकेकोले संक्रमणकालिन अवस्था र विषम परिस्थितिलाई आधार मानी आवश्यक संशोधनको समेत संघले माग गरेको छ