BIZMANDU
www.bizmandu.com

‘किन्निहो डटकम’ ले सुरु गर्‍यो वेबसाइटबाट सामान बिक्री, घरायसीदेखि स्टेशनरीका सामान पाइने

२०७८ असार २

‘किन्निहो डटकम’ ले सुरु गर्‍यो वेबसाइटबाट सामान बिक्री, घरायसीदेखि स्टेशनरीका सामान पाइने
‘किन्निहो डटकम’ ले सुरु गर्‍यो वेबसाइटबाट सामान बिक्री, घरायसीदेखि स्टेशनरीका सामान पाइने

 

Tata
GBIME
Nepal Life

काठमाडौं। दैनिक प्रयोग हुने सामानहरू भरपर्दो माध्यमबाट एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इ-कमर्स वेबसाइट ‘किन्निहो डटकम’ ले सेवा सुरु गरेको छ।

कोरोना महामारीको अवस्थामा बढ्दै गएको इ-कमर्स व्यवसायमा सबै किसिमका ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ इ-कमर्स साइट सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीले आफ्नो वेबसाइटमा ल्यापटप, मोबाइलसहित अन्य इलेक्ट्रोनिक्स, स्टेशनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरञ्जनसम्बन्धी सामग्रीहरु उपलब्ध गराउने जनाएको छ। यससँगै कम्पनीहरु आफ्नै मार्ट पनि सञ्चालनमा ल्याएको छ।

किन्निहोले उपलब्ध सबै सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै सुचारु भएको एक महिनासम्म फ्री होम डेलिभरी सेवा पनि दिने कम्पनीका सीइओ नरेश पोखरेलले जानकारी दिए।

वेबसाइटबाट सामान अर्डर गरेको बिल तिर्न अनलाइन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी गर्ने दाबी कम्पनीको छ। 

कम्पनीले एक दशकदेखि न्यु मुक्तिनाथ ट्रेडर्स एण्ड सप्लायर्सको नामबाट थोक तथा खुद्रा व्यवसाय गर्दै आएको छ। कागज तथा पब्लिकेसनका लागि चाहिने सामान बिक्री गर्नुका साथै कम्पनीले घरायसी, किचनवेयर, इलोक्ट्रोनिक्स उपकरण बेच्दै आएको जनाएको छ।