BIZMANDU
www.bizmandu.com

सेयरका लगानीकर्ताले एक खर्ब ८२ अर्ब रुपैयाँ गुमाए, ‘जोखिमयुक्त’ लगानीकर्ताको आधा खर्ब डुब्यो

२०७८ असार २

सेयरका लगानीकर्ताले एक खर्ब ८२ अर्ब रुपैयाँ गुमाए, ‘जोखिमयुक्त’ लगानीकर्ताको आधा खर्ब डुब्यो
सेयरका लगानीकर्ताले एक खर्ब ८२ अर्ब रुपैयाँ गुमाए, ‘जोखिमयुक्त’ लगानीकर्ताको आधा खर्ब डुब्यो



काठमाडौं। नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भनेर घोषणा गरेका ५१ कम्पनीमध्ये ४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ। घोडीघोडाको कारोबार नै भएको छैन भने तीन वटा कम्पनी मूल्य मात्र बढेको छ।

Tata
GBIME
Nepal Life

जोखिमयुक्त भनिएका कम्पनीको मूल्य सुरुबाटै घटेको थियो। तर बाणिज्य बैंक समूहका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक केहीबेर हरियो भएपनि त्यसले थेग्न सकेन। अन्तत: बजार ७७ अंकसम्म घटेको थियो। 

बजार बन्द हुँदा सूचक ५२.४१ अंकले घटेर २९६९.६९ अंकमा सीमित भएको छ। धितोपत्र बोर्डले मंगलबा साँझ ५१ कम्पनीको सेयर लगानीका लागि जोखिमयुक्त भनेर सूची सार्वजनिक गरेको थियो। नियामकीय मर्यादा विर्सिएर सार्वजनिक भएको सूचीमा रहेका कम्पनीहरुको मूल्यमा उच्च गिरावट देखिएको छ। 

केही फन्डामेन्टल सूचक (जुन मान्छे पिच्छे फरक हुन्छ) लाई आधार मानेर बोर्डले लगानी गर्न जोखिमपूर्ण सूचीमा राखेको थियो। यसको लगानीकर्ताले निक्कै बिरोध गरेका थिए।

बोर्ड अध्यक्षका रुपमा भीष्मराज ढुङ्गानाले केही विवादित काम गर्दै आएका छन्, त्यसमध्ये यो कामका कारण बजार उच्च दरले घटेको हो। एकै दिन लगानीकर्ताले एक खर्ब ८२ अर्ब रुपैयाँ गुमाएका छन्। 

मंगलबार औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै बोर्डको सूची सार्वजनिक भइसकेको थियो। त्यसआधारमा (सोमबारको बजार पुँजीकरण) लगानीकर्ताले २ खर्ब २६ अर्ब रुपैयाँ गुमाइसकेका छन्।

बोर्डले लगानी नगर्नु भनेर सूचीकृत गरेका तीन कम्पनीको मूल्य भने बढेको छ। सिनर्जी पावरको मूल्य ४ रुपैयाँ बढेको छ भने युनियन हाइड्रोको २६ रुपैयाँ बढेको छ। महिला लघुवित्तको सेयर मूल्य पाँच रुपैयाँले बढेको छ।

बोर्डले लगानी जोखिमयुक्त भनेर सुचीकृत भएका कम्पनीहरुका लगानीकर्ता (४७ कम्पनीका) ले मात्र एक दिनमा ४८ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ गुमाएका छन्। यो उनीहरुको बजार पुँजीकरणका आधारमा गरिएको हिसाब हो। 

बुधबार लघुवित्तबाहेक सबै उपसूचकहरु घटेका छन्। बोर्डले लघुवित्तबाट महिला र घोडीघोडाको सेयर जोखिमयुक्त भनेको छ। यसमध्ये घोडीघोडाको कारोबार भएको छैन भने महिलाको बढेको छ। त्यसैले बोर्डको निर्णयले यो सूचकलाई असर नगरेको हो। बैंकिङबट पनि कोही परेको छैन। तर समग्र बजार घट्दा बैंकिङ प्रभावित भएको हो।

बजारमा दिनभरी १५ अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

(चुक्ता पुँजी र बजार पुँजीकरण रु. हजारमा)